कनेक्टिकटमा तिज कार्यक्रम भब्य रुपमा सम्पन्न

अमेरिका । कनेक्टिकट भरी छरिएर रहेका नेपालीहरुको साझा संस्था 'नेप्लिज एसोसिएसन अफ कनेक्टिकट' ले आयोजना गरेको २०१० को तिज कार्यक्रम आईतबार भब्य रुपमा सम्पन्न भएको छ । ग्ल्यास्टनबेरिमा भएको सो समारोहमा ३०० को हाराहारिमा उपस्थिती थियो ।



बलिउड ग्रीलले उपलब्ध गराएको मिठो मिठो खाना त सबैको प्रिय बन्यो नै साथमा महिला दिदी बहिनीहरुको नृत्यले माहाराजा हल शुरु देखी अन्तसम्म ताती रह्यो । हार्ट्फोर्ड्, वेस्ट हर्ट्फोर्ड्, मिडलटाउन्, न्युहेबन, स्टोर्स, लगायत कनेक्टिकटका बिभिन्न स्थान तथा बोस्टोनबाट आउनु भएका महिला दिदी बहिनीहरुले तिजको मज्जा लिनु भएको थियो । कार्यक्रममा उपस्थित इटहरी घर भएकी एक महिलाले भन्नु भयो "आज त मज्जाले नाचियो" ।

बिभिन्न नेपाली गितहरुमा कम्मर मर्काइ-मर्काइ, उफ्री-उफ्री महिलाहरुले नाचेको देखेर होला पुरुषहरुको एक समुह पनि एउटा कुनामा नाच्न थल्यो । कार्यक्रम जती अघी बढ्दै गयो तेती रमाइलो, अझ बढी जोस । भर्खर नेपालबाट अमेरिका आएकी चितबनकी अर्की महिलाले भन्नु भयो " अमेरिकामा यस्तो तिज होला भनेर सोचेकै थिईन, यो त नेपालको भन्दा पनि रमाइलो हुँदैछ" ।

बिना कुनै शुल्क आयोजना गरिएको कार्यक्रमको ब्यबस्थापन वास्तवमै राम्रो थियो । बिदेशमा रहेर सधैको ब्यस्तता भुलेर तिजमा जम्मा भएका महिलाहरुलाई कार्यक्रमले एउटा भेटघाटको थलो पनि बनायो । के देश के बिदेश हामी नेपालीहरु जाहा भएपनी आफ्नो संस्कृतिको माया हदै सम्म गर्छौ । बास्तबमै नेपालीहरु संस्कृतिमा कती धनी छन । रतो सारि, हातभरी चुरा तथा गहनाले भरिएका दिदी बहिनीहरुलाई देखेर एक पटक त अमेरिका हो भन्ने पनि सम्झिनु पर्ने ।

शुरुदेखी बज्न थालेका तिजका बिभिन्न भाकाहरु अन्त सम्म पनि रोकिएनन । कार्यक्रम भरी सबैले एती मज्जा लिएकी कार्यक्रम सकिएको थाहै भएन । कार्यक्रमका आयोजक मध्यकी सरस्वती श्रेष्ठले भन्नु भयो "महिलाहरुको यस्तो पबित्र चाड पोहोर पनि मज्जाले मनएका थियौं, अर्को बर्ष पनि भब्य बनाउछौं" ।

नेप्लिज एसोसिएसन अफ कनेक्टिकटका सचिब तिलक मल्लले कार्यक्रम उत्साहजनक भएको र अर्को बर्ष पनि आयोजना गर्न हौसला मिलेको बताउनु भयो । "हामीले हाम्रा छोरा छोरीहरुलाई हाम्रो संकृती सिकाउन पनि यस्ता कार्यक्रमहरु आयोजना गरी रहन्छौं" उहाँको भनाइ थियो । करिब ६ घण्टा सम्म चलेको सो रमाइलो तिज बास्तबमै अबिष्मरणिय बन्यो कनेक्टिकट आसपासका नेपालीहरु माझ । कार्यक्रमको अन्ततिर संस्थाका अधक्ष्य सन्तोस लम्सालले उपस्थित सबैलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रम सकिएर बाहिर निस्कने महिलाहरुले आपसमा कुरा गरेको सुनियो - वाह तिज होस त यस्तो ।

No comments:

Post a Comment

कृपया कमेन्ट गर्ध सुद्ध भाषा मा कमेन्ट गर्नु होला भानैबाद

Related Posts Plugin for WordPress, Blogger...