जापानमा मैत्रीकप फुटबल हुदै

सन्देश पोखरेल - नागोया । कोहि आफ्नो अध्ययनमा त कोहि आफ्नो व्यवसाय अनि विभिन्न पेशामा व्यस्त भैरहेका जापानमा बसोबास गर्ने नेपालीहरुलाई यतिबेला भने फुटबलको नशाले छोएको छ । "मैत्रीकप फुटबल प्रतियोगिता -२०१०"को नाम दिइएको उक्त खेल जापानमा पहिलो पटक यहि सेप्टेम्बर २५ तारिक शनिवार ओबू सी, आइचिकेन,नागोया शहर,जापानमा सम्पन्न हुदैछ ।



सबै नेपालीहरुको साझा संस्थाको रुपमा चिनिएको गैह्र आवासीय नेपाली संघ(एन.आर.एन) जापान र जापानमा अध्ययन गरिरहेका नेपाली बिधार्थीहरुको छाता संगठन नेपाली बिधार्थी समाज जापान(नेसाज)बीच प्रतिष्पर्धा हुने उक्त खेलमा जापानको प्रमुख शहरहरु टोकियो, ओसाका, सिजोउका, फुकूओकामा रहनुभएका खेलप्रेमीहरुको पनि उत्साह पूर्वक उपस्थिति रहने आयोजकहरुले बताएका छन् ।NRN Vs NESAJ friendship Football Competition नेपालमा रहदा खेलप्रति अत्यन्त रुची राख्ने खेलाडी साथीहरुको आगमन दिनानुदिन बढ्दै गएको र यहाँ आएर खालि ब्यस्ततामा मात्र जीवनयापन गर्दा उनीहरुको खेल प्रतिको इच्छा आकांक्षा कुण्ठित नहोस भन्ने कुरालाई ध्यानमा राखी यो खेलको आयोजना गरिएको बताउछन एन.आर.एन. जापान तर्फका संयोजक श्री पारसमणि पोखरेल । यस किसिमको खेल जापानमा पहिलो पटक आयोजना गरिन लाग्दा खासै उत्साह देखिदैन कि झैँ लागेको बताउने नेसाज तर्फका संयोजक श्री बिमल अधिकारी अहिले जापानको विभिन्न क्षेत्रबाट बिधार्थी,व्यवसायी साथै पेशागत साथीहरुले खेलप्रति देखाउनु भएको उत्साहलाई हेर्दा आगामी वर्षहरुमा पनि निरन्तरता दिनुपर्ने बताउनु हुन्छ।

जापानको विभिन्न क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरिरहेका संस्थाहरु एन. आर. एन. जापान (तोकाई होकिरिकु) र नेपाली बिधार्थी समाज जापान(नेसाज)ले यस किसिमको मैत्रीपूर्ण खेलको चाँजोपाँजो मिलाएको हो। जापानमा बसोबास गर्ने नेपालीहरु माझ प्रगाढ सम्बन्ध, एक अर्को बिचमा चिनजानका साथै नेपालीहरुको खेलप्रतिको मोह नघटोस भन्ने उधेश्यले यस वर्षबाट शुरु गरिएको यस प्रतियोगिताले आगामी बर्षहरुमा पनि निरन्तरता पाउने बताउछन आयोजक संस्थाका अध्यक्षद्वय श्री विजय खनाल र श्री सरोज कंडेल। उक्त दिन रोमान्चक खेलको अवलोकन गर्न सम्पूर्ण जापानबासि नेपालीहरुलाई हार्दिक आमन्त्रण सहित अनुरोध गरिएको छ ।

युवा बिधार्थीहरुको जोश बोकेर मैदानमा उत्रिएको नेसाज र अनुभबी पाका खेलाडीको उच्च मनोबल लिएर उत्रिएको एन. आर. एन. जापानको खेल सनसनीपूर्ण र प्रतिस्पर्धात्मक हुने देखिन्छ, आखिर जित कसको हुने हो हेर्न भने बाँकि नै छ ।

No comments:

Post a Comment

कृपया कमेन्ट गर्ध सुद्ध भाषा मा कमेन्ट गर्नु होला भानैबाद

Related Posts Plugin for WordPress, Blogger...