प्रकाश ढकाल, कोपनहेगन - शान्तीको कामना गर्दै विश्व साइकल यात्रामा रहेका नेपालमा झापा घर भएका ढाकेश्वर क्षेत्री आफ्नो यात्राको दौरानमा डेनमार्कको पनि यात्रा गरेका छन । डेनमार्क यात्राको दौरानमा यहां स्थित नेपाली दुतावासले उनको स्वागत गरेको छ । स्वागत कार्यक्रममा राजदुत विजयकान्त लाल कर्णले अभिरुचि पुर्वक साइकल यात्री क्षेत्रीसंग यात्राको बारेमा सोधेका थिए । कार्यक्रममा बोल्दै राजदुत कर्णले उनको साहसको प्रशंशा गरेका थिए ।
एन आर एन डेनमार्कले साइकल यात्रीको लागी प्रोत्साहन स्वरुप आर्थिक सहयोग गरेको छ । डेनमार्कदेखी नर्वे सम्मको यात्राको लागी लाग्ने खर्च एन आर एन डेनमार्कका अध्यक्ष सोमनाथ सापकोटाले साइकल यात्रीलाई हस्तानरण गरेका छन । स्वागत कार्यक्रममा अध्यक्ष सापकोटाले साइकल यात्री क्षेत्रीलाई विभिन्न देशहरुको यात्राको दौरानमा त्यहां रहेका एन आर एन संग सहयोग माग गर्न आग्रह गरे ।
यसैगरी साइकल यात्रीलाइ डेनमार्कमा रहेका नेपाली बिधार्थीहरुको संस्था नेपलिज स्टुडेण्ट नेटवर्किङ फोरुमले पनि आर्थिक सहयोगका साथै कदर पत्र पनि प्रदान गरेको संस्थाका संयोजक रन्जन ओझाले बताए ।
No comments:
Post a Comment
कृपया कमेन्ट गर्ध सुद्ध भाषा मा कमेन्ट गर्नु होला भानैबाद