सुजन के.सी, कुवेत ५ डिसेम्बर - बैदेशिक रोजगारीको सिलशिलामा कुवेत पुगेकी नेपाली महिला अचेत अवस्थामा भेटिएकी छन । तीन दिन पहिला मात्रै कुवेत पुगेकी यि महिलालाई फाहिल क्लबको पछाडि रेगिस्तानमा अचेत अवस्थामा फालेको कुवेतबाट प्रकाशित हुने दैनिक पत्रिकाले जनाएको छ । घरेलु नोकरानीको काममा कुवेत पुगेकी यि महिलालाई अचेत अवस्थामा अहमदी ट्रफिक पुलिसले भेटाई ज्यान बच्चाउन सफल भएको छ । पुलिसले अनुसन्धानको लागि ति महिलाको स्पोन्सारलाई पुलिस स्टेशनमा बोलाएको पत्रीकाले जनाएको छ । तर नेपाली घरेलु नोकरानी भनिएको छ निजको नाम र ठेगाना खुलाएको छैन ।
यस बिषयमा नेपाली दूताबास कुवेतका दित्तिय सचिब पुष्पराज भटराईलाई टेलिफोन सम्पर्क गर्दा केही जानकारी नभएको बताउनु भयो । दूताबास र नेपाल सरकारले लागु गरेको नयाँ निती अनुसार दूताबासले प्रमारिकरण नगरेको कागजातमा नेपाली घरेलु कामदार कुवेत आउन सम्भब छैन । कुन म्यानपावर मार्फत कुन एजेन्टको मातहतमा कुवेत पुगेकी हुन दूताबाससँग विवरण हुनु पर्छ ।
तीन दिन पहिला कुवेत पुगेकी यि महिला कसरी रेगिस्तानमा पुगिन दूताबासले छानबिन गर्न जरुरी देखिन्छ । कुवेत एअरपोर्टबाट स्पोन्सर र म्यानपावरको एजेन्टले भन्दाअरु कुनै ब्याक्तीले महिला कामदारलाई बाहिर निकाल्न सक्ने स्थिती कुवेतमा देखिंदैन । उनिलाई एजेन्ट अथवा स्पोन्सरको संलग्नता बिना अचेत अवस्थामा फाल्ने सम्भब छैन । सत्य तथ्य पता लगाई दोसीलाई कारबाई गर्ने दूताबासले भूमिका खेल्नु पर्ने देखिन्छ ।
कुवेतमा नेपाली महिलाको हत्या, आत्महत्या त बेला-बेलामा भईराखेका थिए । आज एउटा नयाँ अध्याय जोडीएको छ । कुवेत पुगेको तीन दिन नपुग्दै अचेत अवस्थामा रेगिस्तानमा भेटिनु ।
No comments:
Post a Comment
कृपया कमेन्ट गर्ध सुद्ध भाषा मा कमेन्ट गर्नु होला भानैबाद