थ्री स्टार र मनाङ उपाधि भिडन्तमा

८ पौष, काठमाडौ । घरेलु फुटबलको सर्वाधिक धन राशी भएको ब्रीटिस गोर्खा कप फुटबल उपाधिको लागि लक्ष्मी हुण्डाई मनाङ मस्याङदी क्लब र नबिल थ्री स्टार आमने सामने हुने भएका छन् । विश्वासीला स्ट्राईकरको साथ गुमाएको डिफेन्डिङ च्याम्पियन नबिल थ्री स्टार क्लबले बिहिबार सामसुङ जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गदै उपाधि नजिक पुगेको हो ।

थ्री स्टारको जितमा स्ट्राईकर राज कुमार घिसिङ नायक सावित भए । घिसिङले गरेको २ गोलले नै थ्रीस्टारको फाईनलमा पुग्ने सपना पुरा भएको थियो । उनी खेलको म्यान अफ द म्याच समेत घोषित भए । बिहीवारअ दशरथ रंगशलामा थ्री स्टारले उत्कृष्ट पुनरागमन गदै उपाधि रक्षा गर्ने योजनामा टोलीलाई प्रस्तुत गरेको थियो ।

उत्साहित युवा खेलाडीले सजिएको जावलाखेलका लागि बिशाल राई बी ले १२ औ मिनेटमा गोल गरेर टोलीलाई खुसी पारे । त्यसपछि दुबै टोलीको बराबर पोस्ट आक्रमण गरेपनि ती असफल भए । फिनिसिङमा चुकिरहेको बेला ४६ औ मिनेटमा स्ट्राईकर राजु घिसिङले गोल गरेपछि थ्री स्टारमा नयाँ आसा पलाएको थियो । उनले डिबक्समा जावलाखेलका डिफेन्सलाई छक्याउदै प्रहार गरेको शक्तिशाली सर्टलाई जावलाखेलका गोल रक्षक दिनेश थापा मगरले छुन समेत भ्याएनन् ।


पहिलो हाफ १–१ को बराबरीमा सकिएपछि खेल आफनो पक्षमा पार्न दुबै टोलीलाई सहज थिएन् । अनुभव थ्री स्टारका लागि राज कुमारले ६३ औ मिनेटमा गरेको गोल र्नै निर्णायक बन्यो । उनले हेडमार्फत गरेको गोल पनि प्रशसनीय थियो । त्यसअघि रञ्जित श्रेष्ठले शक्तिशाली प्रहारलाई जावलाखेलका किपर दिनेशले पन्च गरि तत्कालका लागि संकट टारे पनि रिर्टन भएको बललाई चलाखी पुर्ण तरिकाले नै राजले हेड मार्फत पोष्टको दिशा दिएको पत्तो समेत पाएनन् जावलाखेलका डिभेन्सहरुले । तिलोत्तमा गोल्डको उपाधि जितेर हौसिएको जावलाखेलले खेलको अन्तिम समय सम्म पनि थ्री स्टारलाई ढुक्न हुन दिएन । खेलको अन्त्य सम्म उसका हरेक प्रयासमा थ्री स्टारका डिफेन्स बाधक बनिरहंदा अन्तत खेल हार्न बाध्य भयो जावलाखेल ।

पहिलो हाफको सुरुवाती समय देखी नै दुबै टोलीले आक्रमक शैलीमा प्रस्तुत भएका थिए । थ्रीस्टारका अनिल ओझाले सात मिनेटमा करिब २५ याडबाट प्रहार गरेको बललाई जावलाखेलका किपरले बचाए । पहिलो हाफमा थ्रीस्टारको डिभेन्समा आपसी तालमेल नमिलिई रहेको फाईदा उठाउदै बिशाल राई बी ले खेलको पहिलो गोल गरेका थिए ।

९० मिनेटमा कर्ण सुब्बाले डिबक्समा पाएको फ्रि बललाई सदुपयोग गर्न नसकेपछि जावलाखेल बराबरीबाट चुकेको थियो । त्यसपछि जावलाखेलका बिशाल बी १ र कर्णले लगातार २ वटा अवसर खेर फाले ।

खेल सकिन ७ मिनेट बांकी रहेको बेला थ्रीस्टारका विण्णु गूरुङले जावलाखेलका किपर दिनेश संग वान भर्सेस वानको स्थितीमा गोल गर्न सकेनन् ।

हिजोको खेलमा जित हात पारेपनि थ्री स्टारले प्रतियोगिताकै सवार्धिक ६ वटा पंहेलेको कार्डको सामन गर्नु पयो । लगातार २ वटा काडको सामना गरेको थ्रीस्टारका रञ्जित श्रेष्ठ फाईनल खेल्नबाट बञ्चित भएका छन् । थ्री स्टारका बुद्ध चेम्जोङ, अनिल ओझा, राजकुमार घिसिङ,सुभम श्रेष्ठ, बिष्णु गुरुडले पंहेलो कार्ड पाए भने जावलाखेलका अमर सुबेदी, लक्ष्मी नारायण श्रेष्ठ, बिशाल राई बी ले पंहेलो कार्डको सामना गरे । केहि खेलाडीले क्लब जोडेपछि फुटबल प्रेमीले थ्री स्टार कमजोर भएको महशुस गरेअनुरुप त्यो सत्य नभएको प्रशिक्षक मेघराज केसीले बताए ।

जितमा खुसि केसीले भने– क्लबको स्तर खस्केको छैन भन्ने आजको जितले प्रमाणित गरेको छ, हामी फाईनमा उत्कृष्ट खेल्नेछौ ।
टोलीले आफनो क्षमता अनुसार सतप्रतिशत प्रर्दशन गरेको जावलाखेलका प्रशिक्षक राजा राम कार्कीले बताए । उनले भने– आज हामीले राम्रो खेलेका हौ तर विपक्षी खेलाडीले केहि असभ्य ब्याबहार गर्दा पनि रेफ्रीले केहि प्रतिक्रिया नदिदा टोलीले दबाबमा खेल्नु पयो ।

फाईनल खेल शनिबारः लक्ष्मी हुण्डाई मनाङ मस्याङदी क्लब बिरुद्ध नबिल थ्री स्टार क्लब


No comments:

Post a Comment

कृपया कमेन्ट गर्ध सुद्ध भाषा मा कमेन्ट गर्नु होला भानैबाद

Related Posts Plugin for WordPress, Blogger...