ब्यस्त अभिनेता सुमन सिंहलाई एउटा सिनेमाको छायाँकन नसकी अर्कोमा हात हाल्नु छैन । एकैपटक धेरै फिल्मबाट अफर आएपछि उनलाई समय व्यवस्थापन गर्न यतिबेला दुःखजिलो भैरहेको छ । बरु एउटै सहि, उनी यतिबेला रामजी लामिछाने निर्देशित 'पहिलो माया हो मेरो' सुटिङका लागि तालनगरीमा अभिनय गरिरहेका छन् । दुई सातादेखि यी भद्र हिरोले पोखराको सौन्दर्यसँग दिल साटिरहेका छन् ।
'धेरै सिनेमा एकैपटक खेल्दा टायर्ड भइने र अब्बलता देखाउन नसकिने भएकाले अहिले यो फिल्ममा मात्र केन्द्रित भएको हुँ' सुमनले मेरोसिनेमासँग भने । उनले छाडेको चलचित्र 'चन्द्रावती' पनि पोखरामै सुटिङ भैरहेको छ भने १४ वर्षपछि रजतपटमा कमब्याक भएका सरोज खनाल पनि 'मानव'का लागि पोखरामा छन् । सुदर्शन थापा निर्देशित 'के यो माया हो' सुटिङ यूनिट पनि पोखरामा छ ।
एकैपटक चार चलचित्रको छायाँकन भैरहेको पोखरा र यस आसपासमा यी नायकलाई भने एड्भेन्चर दृश्यमा रमाउँदा रमाइलो लागेको छ रे । पोखराको लेकसाइडस्थित रत्नश्री जीममा हालैको चिसो साँझमा भेटिएका यी नायकले भने 'हामीहरु भुर्जुङखोला, खैरेनीटारलगायतका ठाउँमा छायाँकनका लागि पुगेका थियौ । लाग्छ यो फिल्ममा अलि बढी नै मेहनत छ ।'
झरना थापाको साथ पाएका सुमनले पोखरामा आयोजित राष्ट्रिय औद्योगिक ब्यापार मेलामा राखिएको 'मौतका कुवा'मा पनि सट दिए । ज्यानै सिरिङ्ग हुने गरी तीस फिट अग्लो खाडलको भित्तामा मोटरसाइकल र कार कुदाउँने 'मौतका कुवा'मा गरिएको यो छायाँकन नेपाली चलचित्रमै पहिलो हो भन्छन् उनी ।
चलचित्रमा सुमनको भूमिका के छ त ? हौँसिदै आफ्नो भूमिका सुनाए उनले -'चलचित्रमा मेरो लभरब्वाइको क्यारेक्टर छ' प्रष्टिँदै उनले भने 'ब्यापारीको छोरो एकपटक गाउँमा जाने क्रममा त्यही गाउँमा माया अँकुराएको हो । नायिका झरना त्यही गाउँकी चेली हुन् ।'
सुदूरपश्चिम धनगढीबाट दशकअघि राजधानीमा मोडलिङको सपना देखेर हुत्तिएका सुमनको चर्चा चलचित्रवृत्तमा अल्लि बेग्लै लाग्छ । नसालु आँखा, ठूलो जिउडाल, मृदुभाषी, भलाद्मी र सौम्य यी हिरोले प्रेम गरेका होलान् त ? उनले यसबारेमा नखुलाए पनि अहिलेको समय भने प्रेम गर्नेभन्दा पनि काममा केन्द्रित हुने समय हो भन्छन् । 'प्रेमलाई साइडमा राखेको छु । दर्शकको मायाले अहिले यो स्थानमा आइपुगेको छु मेरो चाहभन्दा पनि दर्शकको हातमा छ' उनले भने ।
'यो चलचित्र सक्नेबित्तिकै अर्को एक्सन चलचित्रको छायाँकनमा ब्यस्त हुनेछु' हल्का दाह्री मुसा्रदै उनले थपे 'त्यसका लागि यो दाह्री काटेको छैन ।' जीवन इश्वरको वरदान हो भन्छन् उनी । संसारमा आउनुअघि कस्तो थिएँ र मरेपछि कहाँ गइन्छ थाहा छैन अहिलेको जीवन नै वरदान हो उनी जीवनको परिभाषामा केही समय घोत्लिए ।
'क्याटम्याण्डू' टेलिसिरियलमा लय सँग्रौला दाइले स्थान नदिएको भए म चलचित्रमा हुने नै थिइँन । चलचित्रमा नआएको आर्मी हुने थिएँ' कुराकानीका क्रममा उनी १० वर्ष अघि फर्के 'लय दाइले स्थान दिनुभयो दर्शकले क्यारेक्टर मन पराइदिनुभयो ।'
अहिलेको समय स्ट्रगलको पिरीयड हो भन्छन् उनी । राजनीतिको चर्चा पनि अलिकति गर्न भ्याए उनले । 'यहाँको सिष्टम नै राम्रो छैन । सहयोग र समझदारी छैन । एकहातले ताली बजेको छ र ?' अविवाहित अभिनेताले प्रतिप्रश्न गरे । उनले यसो भनिरहँदा नजिकको फेवातालमा माछापुच्छ्रेको छायाँ सुस्तरी बादलले ढाक्दै थियो ।

No comments:
Post a Comment
कृपया कमेन्ट गर्ध सुद्ध भाषा मा कमेन्ट गर्नु होला भानैबाद