१७ पुस, काठमाडौं । एमाले नेता केपी ओलीले आफ्नै पार्टीका अध्यक्ष झलनाथ खनालको प्रधानमन्त्री मोहले मुलुकले सरकार नपाएको आरोप लगाएका छन् । एमाले गोठाटार गाउँ कमिटीको ५ औं अधिवेशनमा बोल्दै नेता ओलीले अध्यक्ष खनालको नाम नलिईकन यस्तो आरोप लगाए ।
'कसैलाई प्रधानमन्त्री बन्न रहर लाग्यो भन्दैमा देशलाई अन्योलमा पार्न पाइँदैन,' उनले भने, 'एक दुई जनालाई प्रधानमन्त्री बन्न रहर भयो भन्दैमा देशलाई अन्योलमा पार्नु कत्तिको ठीक हो ?' अध्यक्ष खनाल प्रती इङ्गित गर्दै उनले भने, 'कसले के भन्यो भनेर दौडनुभन्दा पार्टी हितका लागि लाग्नुपर्छ, यसका लागि कार्यकर्ताले पनि खबरदारी गर्नुपर्छ ।'
कतै प्रधानमन्त्री हुन पाइन्छ कि भन्ने आशले पार्टी अध्यक्ष खनालले मुलुकलाई सरकारबिहीनताको स्थितिमा राखेर देशलाई अनिर्णयको बन्दी बनाइराखेको उनको आरोप थियो ।
No comments:
Post a Comment
कृपया कमेन्ट गर्ध सुद्ध भाषा मा कमेन्ट गर्नु होला भानैबाद