२६ पुस, काठमाडौं । पर्वतको एक विद्यालयको भवन भत्किँदा १२ विद्यार्थी घाइते भएका छन् । विद्यालयमा पढाई सञ्चालन भइरहेको समयमा बुद्ध प्राथमिक बिद्यालय लुंखुदेउरालीको भवन भत्किँदा कक्षा ४ मा अध्ययन गर्ने बिद्यार्थीहरु घाइते भएका हुन् ।
घाइते हुनेमा युवराज हमाल, इन्द्रकुमारी परियार, इन्द्रकुमारी परियार, एकबहादुर सुनार, इन्दु परियार, सुनिल बिक, सन्दिप क्षेत्री, सन्तोष हमाल, सुजन परियार र बिशाल परियार रहेका छन् । उनिहरुको स्थानीय लुंखु प्राथमिक स्वास्थ्यकेन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
करिव २० बर्ष अगाडि माटोले निर्माण गरिएको भवन जीर्ण भएर भत्किएको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment
कृपया कमेन्ट गर्ध सुद्ध भाषा मा कमेन्ट गर्नु होला भानैबाद