उकेश दाहाल निर्देशित सिनेमा ‘पलपलमा’बाट नायिकाको रुपमा नेपाली रजतपटमा झुल्किएकी शशी खड्कासँग हामीले पुरुषका समबन्धमा अफबिट कुराकानी गरेका थियौं । पढ्नुस न त हाम्रो १० प्रश्न, शशीको १० उत्तर ।
०१– हाम्रो प्रश्न– तपाईको जीवनमा सबैभन्दा नजिकको पुरुष को हो ?
शशीको उत्तर– मेरो बेस्ट फे्रन्ड.. सानैदेखिको मेरो साथी.. नाम चैं भन्दिन् ।
०२–हाम्रो प्रश्न– पुरुषको कुन अङ्ग मनपर्छ ?
शशीको उत्तर– ला.. के भन्ने, आँखा नै हो ।
०३– हाम्रो प्रश्न– बिश्वको सबैभन्दा हेन्डसम पुरुष को लाग्छ ?
शशीको उत्तर– अहिले त भन्न सक्दिन् तर पहिले पुर्वराजा बिरेन्द्र साह्रै हेन्डसम लाग्थ्यो मलाई ।
०४– हाम्रो प्रश्न– कस्तो पुरुषसँग नजिकिन मन पराउँनुहुन्छ ?
शशीको उत्तर– महिलालाई सम्मान गर्ने, ब्यवहारिक पुरुषसँग नजिकिन रुचाउँछु ।
०५– हाम्रो प्रश्न– कस्तो पुरुषसँग नजिकिन मन पराउँनुहुन्न ?
शशीको उत्तर– केटीलाई हेप्ने, होच्याएर बोल्ने, जिस्क्याउने केटाहरु मनैपर्दैन ।
०६– हाम्रो प्रश्न– पुरुषले के लगाएको मनपर्छ ?
शशीको उत्तर– ला.. तपाईले के लगाउनुभा’छ.. हा.हा.हा । अँ.. त्यो त मान्छे हेरेर हुन्छ । तर क्याजुअल ड्रेसअप नै मनपर्छ ।
०७– हाम्रो प्रश्न– पुरुषले के लगाएको मनपर्दैन ?
शशीको उत्तर– जे पायो त्यहि कपडा, चाहिने भन्दा बढि हिरो बन्ने हिसाबले कपडा लगाएको मनपर्दैन ।
०८– हाम्रो प्रश्न– कुनै पुरुषसँग झगडा गर्नु भएको छ ?
शशीको उत्तर– धेरै गर्या’छु । मलाई जिस्क्याउने केटाहरुसँग मेरो झगडा हुन्छ ।
०९– हाम्रो प्रश्न– सबैभन्दा मनपर्ने पुरष नाम के हो ?
शशीको उत्तर– ओहो.. त्यो त खोज्दैछु, भेट्यो भने भनौंला नि । तर मेरो छोराको नाम चैं म ‘प्रिन्स’ राख्छु ।
१०– हाम्रो प्रश्न– तपाईको जीवनको आदर्श पुरुष को हो ?
शशीको उत्तर– मेरो बुवा, कृष्ण बहादुर खड्का, हामीसँग त हुनुहुन्न तर उहाँले भन्नुभएका हरेक कुराहरु मेरो जीवनको मार्ग निर्देशकका रुपमा रहेका छन्
No comments:
Post a Comment
कृपया कमेन्ट गर्ध सुद्ध भाषा मा कमेन्ट गर्नु होला भानैबाद