शोभित बस्नेत क्याम्पबाट बाहिरिएकी हिरोइन रेजिना उप्रेतीका मन्त्रहरु फेरिन थालेजस्ता छन् । ६० चलचित्रमा अभिनय गरेपनि रजतपटमा भूमिका जमाउन नसकिरहेको बेला रेजिनाले आफूलाई केही बदल्न खोज्दैछिन् । 'आफ्नो मान्छे' डेब्यु गर्लका आफूलाई बदल्ने मन्त्रहरु दुईवटा छन् ती हुन् -चुजी हुने र निर्माणलाई अघि बढाउने ।
निर्माण नसकिँदै शोभित बस्नेतले साथ छाडेपछि यतिबेला रेजिना एक्लिएर होमप्रोडक्सन सिनेमा 'बरदान'लाई सम्पादन गराइरहेकी छिन् । वर्षमा एउटा गुणस्तरिय सिनेमा निर्माण गर्ने योजना यी हिरोइनको छ । अभिनयमा पनि चुजी बनेकी छिन् रेजिना । जस्तो सुकै फिल्ममा खेलेर आफूलाई बिगारेको आरोप लागेपछि रेजिनाका लागि चुजी बन्नुको बाध्यता आइलागेको हो । चुजी बन्नैका लागि उनले हालै दुईसिनेमाको एप्रोचलाई नकारिदिइन् ।
'वर्षमा एउटा राम्रो मूभी बनाउँछु' साउने व्रतमा माछामासु बारिरहेकी रेजिनाले मन्त्र सुनाइन् 'अबदेखि चुजी बन्न थालेकी छु । जस्तो पायो त्यस्तो फिल्म खेल्दिँन ।' एउटा फिल्म खेलेर हिट हुने कलाकार र साठीभन्दा बढी फिल्म खेलेर फ्लप हुनुको पीडा रेजिनाको पछिल्ला गफगाफमा अनुभूति गर्न पाइन्छ । यी दुई गुरुमन्त्रले 'वरदान' निर्मात्रीलाई कत्तिको सफलता दिलाउँछ; भविष्यको कुरा ।

No comments:
Post a Comment
कृपया कमेन्ट गर्ध सुद्ध भाषा मा कमेन्ट गर्नु होला भानैबाद