
आफ्नै नाममा बनेको फिल्म 'मेरो राजेश दाइ' र 'ब्रेकफेल' भदौ १६ कै दिनमा लाग्ने भएपछि हमाल रिलिज अघिपछि गराउन कस्सिएका रहेछन् तर दुवै निर्माताको अड्डीले उनलाई निराश तुल्याएछ । 'ब्रेकफेल'को मिति सार्न राजेशले निर्मातालाई पटक-पटक आग्रह गरेपनि निर्माताले नसकिने बताएपछि राजेशलाई नमज्जा लागिरहेको छ । 'निर्माताको इगोइजमले काम हुन सकेन' हमालका सहयोगी भन्दै थिए ।
आफ्नो नाम र जीवनको नजिकमा फिल्म बनेकाले पनि हमाललाई 'मेरो राजेश दाइ'को पब्लिसिटीमा लाग्न निकै हौसाएछ । हिजोआज उनी 'मेरो राजेश दाइ' लेखिएको कालो टिसर्ट लगाएरै ब्यूटी पेजेन्ट र टेलिभिजन टकसोमा पुग्ने गरेका छन् । 'पब्लिसिटी र मेरो काम एक साथ हुने भो' पत्रकारसँग हमाल ठट्टा गर्दै थिए । 'ब्रेकफेल'को रिलिजमा भने हमाल लागेका छैनन् जति 'मेरो राजेश दाइ'को पब्लिसिटीमा खटेका छन् । हमालको हेडेक भने निरन्तर छ ।
No comments:
Post a Comment
कृपया कमेन्ट गर्ध सुद्ध भाषा मा कमेन्ट गर्नु होला भानैबाद