साताको कलेक्सन निराशाजनक

साताको कलेक्सन निराशाजनक
मेरो सिनेमा भदौ २५ २०६७,
boxoffice_in_01बक्स अफिसमा गतसाताको कलेक्सन निराशाजनक रह्यो । आशावादी ठानिएका चलचित्रहरुले रेभेन्यू कलेक्सन उत्साहजनक गर्न सकेनन् । चलचित्र 'कोही…मेरो'पछि कलेक्सन घट्दै आइरहेको छ । ओपनिङको पहिलो सातामै आशावादी फिल्म 'दासढुंगा' र अफविट चलचित्र 'जादुगर'ले राम्रो पिकअप गर्न सकेनन् । 'जादुगर' त पहिलो सातामै हलबाट उत्रियो ।

वितरक डिजिटल सिनेमा नेपालका अनुसार 'दासढुंगा'ले पहिलो सातामा १५ लाख १२ हजार दुईसय ७० ग्रस कलेक्सन गरेको छ । डीसीएन फाइनान्स डिपार्ट प्रमुख प्रल्हाद संग्रौलाका अनुसार 'दासढुंगा' पहिलो सातामै १५ हलमा खुम्चिएको छ । 'दासढुंगा' मोफसलमा रिलिज हुन बाँकी छ ।

आशा गरिएको फिल्मले कलेक्सन निराशाजनक गरेपछि
यतिबेला डीसीएन भिन्न मार्केटिङ प्लानमा छ । 'अब च्यारिटी बेसमा दासढुंगा प्रदर्शन गर्छौं' संग्रौलाले भने 'विद्यालय कलेजमा फिल्म केन्द्रित गर्छौं ।' मोफसलमा पनि चलचित्रलाई च्यारिटीबेस ढंगले प्रदर्शन गरिने जानकारी संग्रौलाले दिए ।

डीसीएन वितरित अर्को चलचित्र 'कोही…मेरो'ले प्रदर्शनको तेस्रो सातासम्म पनि सन्तोषजक पिकअप गरिरहेको छ । तेस्रो सातासम्म 'कोही…मेरो'ले ६५ लाख ६९ हजार दुईसय ४२ कलेक्सन गरेको छ । 'सिङ्गल स्क्रिनमा पनि दर्शकले फिल्म रुचाइरहेको पाएका छौं' संग्रौलाले भने ।

बालबालिकाको कथामा आधारित चलचित्र 'जादुगर'ले पहिलो सातामा साढे चारलाख ग्रस कलेक्सन गरेको छ । महादेव त्रिपाठी निर्देशित यो चलचित्र शुक्रवारबाटै सबैहलबाट उत्रिएको छ ।

No comments:

Post a Comment

कृपया कमेन्ट गर्ध सुद्ध भाषा मा कमेन्ट गर्नु होला भानैबाद

Related Posts Plugin for WordPress, Blogger...