सन्देश पोखरेल-नागोया /नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारी रातो पहिरनसंगै सौभाग्यको रुपमा मानिएको गहनाले झपक्क भएर कम्मर भांच्दै नाच्ने महिला दिदिबहिनीहरुले नेपालमा जस्तै अन्य देशहरुमा पनि उतीकै रौनकताका साथ आफ्नो रीतीरिवाज,परम्परा र संस्कृतिलाइ जगेर्ना गर्दै यस वर्षको तीजलाइ बिदा गरेका छन।
यसै अवसरमा जापानको नागोया स्थित ओजोनेको कम्युनिटी हलमा नेपाली दिदिबहिनि समूह,नागोयाले पनि भब्यरुपमा तीज गीत कार्यक्रम-२०६७ सम्पन्न गरेको छ। ऋषिपंचमीको दिनमा बिशेष रूपले आयोजना गरिएको कार्यक्रममा उल्लेख्य रुपमा उपस्थित महिला दिदिबहिनीहरु दिनभर आफु मात्र नाचगान गरेनन संगै रहेका आफ्ना श्रीमानलाइ समेत नचाएर कार्यक्रमलाइ रोचकता प्रदान गरेका थिए ।
सधै सबै आ-आफ्नो पेशामा ब्यस्त रहदा नया नया आउनुहुने दिदिबहिनीहरु संग चिनजान सम्म नहुने समस्या भएकोले बर्षको एकदिन भने पनि रमाइलो भेटघाट,चिनजानसंगै आफ्नो धर्मं ,संस्कृतिको जगेर्नाको लागि तीजको मौक़ा छोपी यस किसिमको कार्यक्रमको आयोजना गरिएको बताउनु हुन्छ कार्यक्रम ब्याबस्थापन मध्येकी एक श्रीमती सुनीता अधिकारी खनाल । कार्यक्रमको मध्यतीर सहभोजको समेत आयोजना गरिएको उक्त कार्यक्रममा तीजका कोशेलिहरुको माझमा नेपाली लोकसंस्कृतिमा सदैव तल्लीन लोकगायक मन बहादुर थापाले आफ्नो सारंगी र बासुरीको धुन संगै उपस्थित दर्शकलाइ मंत्रमुग्द बनाउदै आफ्ना प्रस्तुतिहरु पस्कनु भएको थियो ।
तीजको ब्रतबसी कमाएको धर्मं भन्दा ठुलो धर्मं उक्त कार्यक्रममा संकलित रकम ४५,२१० जापानीज येन अस्पतालको शैयामा मृत्युसंग संघर्ष गरिरहेका बागलुङ्ग,गल्कोट घरभई हाल आईची केन आन्जो सिटी, जापानमा अवस्थित गीता रेस्टुरेंटमा कार्यरत श्री झक बहादुर बस्नेतको उपचारको लागि सहयोग गरि मानवीय धर्मं कमाएका छन। कार्यक्रमको चांजोपांजो मिलाउनमा बिशेष सहयोग गर्नुभएकोमा बिमल अधिकारी, होम अधिकारी, मधुसुधन कायस्थ, महेश भुषाल, राकेश अधिकारी, बिजय खनाल र लोकगायक मन बहादुर थापाप्रति नेपाली दिदिबहिनी समूहले हार्दिक धन्यवाद ब्यक्त गरेको छ ।
No comments:
Post a Comment
कृपया कमेन्ट गर्ध सुद्ध भाषा मा कमेन्ट गर्नु होला भानैबाद