नाच्नु नाचे, हास्नु हासे - तितो सत्य तथा सांगितिक साँझमा अमेरिका बासी नेपालीहरु

नेपाली कला जगतका शुप्रशिद्ध कलाकारहरु दिपक राज गिरी, दीपा श्री निरौला, गोपाल अधिकारी, यम बराल, नलिना चित्रकारले अमेरिकाको कनेक्टिकट स्थित हार्टफोर्डमा बेजोडको कार्यक्रम प्रस्तुत गरेका छन । सधै इन्टेर्नेटबाट टेलिभिजनको पर्दामा देखिएका कलाकारहरुलाई आफ्नै आखा अगाडी देख्दा साच्चै रमाइलो अनुभव गरे आम दर्शक हरुले । नलिना चित्रकार र यम ब रालको प्रत्क्ष्य आवाज सुन्न कसलाई मन पर्दैन होला र ?



भनिए भन्दा अलि ढिलो भएपनी नेपाली राष्ट्रिय गान बाट शुरु भएको कार्यक्रममा नलिनाले आफ्नो आवाजको जादु देखाउन शुरु गरीहालिन 'पानी पानी भयो मेरो मनपनी .....' सच्चै सबैको मन पानी भो । अझ जब उनि गित गाउदै दर्शक बसेकै ठाउमा पुगिन तब सबै कार्यक्रम स्थलनै तालिले गुन्जियो । कार्यक्रम 'गोरी काली सानी मोरी जे भने नि हुन्छ ' लगायतका गित सम्म आइपुग्दा सबैले कम्मर नमर्काइ रहनै सकेनन । बास्तबमै नलिनाले उत्कृष्ट प्रस्तुती दिईन । दर्शक सँग मुखै खोलेर भनिन 'अमेरिका भ्रमणमा सबै भन्दा रमाईलो यहाँ भैरहेको छ'।

नलिना पछी स्टेजमा आईन दिपा श्री । सबैको मन छुने नेपाली भाका 'डाइभर दाई मन पर्यो मलाई ...' मा दिपालाई सबैले मन पराए । धेरैलाई थाहा रहेनछ, दिपा राम्रो नृत्य पनि गर्छिन भनेर । उनको नृत्यले सबैलाई फुरुङ बनायो । अब पालो यम बरालको । शान्ति, एकता, शंबिधानको नाराका साथ अमेरिका भ्रमणमा आएका रहेछन उनि । साह्रै राम्रो लाग्यो एउटा कलाकार देशको शान्ति, एकताको लागी एकजुट गराउदै छ तर जस्ले देश सम्हाल्नु पर्ने हो उनिहरुको चाला अर्कै छ । यम बरालले फत्तेमान राज्भण्डारिको गित गाएर सम्मान त जनाएनै साथ साथै दर्शकको माया पनि बटुले । 'अब चोटहरुले पिरुल्दैन मलाई......' यो गितले सबैलाई भाबुक बनायो । यमले भने यो गितमा राजेश हमाललाई सम्झना गरे । 'आहै सगै बसौला......' सबैले आनन्द लिए । यम बरालका बाँकी गितहरुमा पनि सबैले नाचे । नलिनाको नयाँ गितले जस्तै 'बादलुको घुम्टो'लेको रिमिक्सले हलनै बेजोडले ततायो । नेपाली कला क्षेत्रका पुराना हश्ती बिष्णु तिवारीको सायरिले पनि अलि मज्जा थपिदियो कार्यक्रममा ।

जब दिपक स्टेजमा आए तालिको बर्षा भयो । उनको आग्रह थियो 'प्लिज नो भिडियो' यस्ता कार्यक्रमको भिडियो खिच्ने अनि इन्टेर्नेटमा राख्नाले श्रष्टालाई अप्ठ्यारो पार्छ भन्ने उनको भनाइ थियो । कुरा साँचो पनि हो । जब उनले गफ सुरु गरे तब हाँसो सुरु भयो र उनले स्टेज छोडेर नगए सम्म हासो रोकिएन । नेपालामा भएका फेशन, गित लगायतका बिकृतिलाई नराम्रोसँग प्रहार गरे उनले । हुँदा हुँदा सहकर्मी नलिना र यमको समेत प्रसँग उठाए । जे भएपनी नेपालको बहुप्रतिभावान कलाकारलाई आफ्नो आखा अगाडी धेरैले बिश्वासनै गर्न सकेनन ।

एउटा सानो बिश्राम पछी फेरी नलिना दर्शक सँग माया बाढ्न आईन । यो पटक नलिनाले सबैलाई नचाईन । सबैको मन फुरुङ भयो । दिपक, दिपा, ट्वाकेन्द्रको प्रस्तुती पर्खेर बसेका दर्शकलाई ट्वाकेन्द्रले आफ्नो प्रेम कहाँनी सुनाए र सबैले मनोरञ्जन पनि लिए ।
एक एक गर्दै कार्यक्रम बढ्दै गयो सबै हास्दै गए, नाच्दै गए । दिपा र दिपकको संयुक्त प्रस्तुती भन्सारको प्रहरी र लाउरे सबैले धेरै मन पराए । उनिहरुको प्रस्तुतिमा खोट लगाउने ठाउँपनी त थिएन । धेरै मज्जा लिए सबैले । नेपाली कला क्षेत्रमा दिपा र दिपकको जोडी अमर भैसकेको छ । कार्यक्रमको अन्तिममा फेरी यम बराल आए र सबैलाई नचाउनु नचाए । कार्यक्रम यती रमाइलो होला भनेर धेरैले सोचेका थिएनन होल, तर 'कल्चरल जर्नी फर पिस' नाम दिइएको तथा नेप्लिज एसोसिएसन अफ कनेक्टिकटले आयोजना गरेको कार्यक्रम सफल मात्र भएन बेजोड सफल भयो । सायद आयोजकहरुले आयोजित कार्यक्रम मध्यकै सफल कार्यक्रम साबित भयो ।

कार्यक्रमको सञ्चालन अर्जुन दाहालले गर्नु भएको थियो भने तिलक मल्लले दर्शकहरुको स्वागत तथा आयोजक संस्थाका अधक्ष्य सन्तोष लम्सालले सबैलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा sunmala.com र NepalSamuha.com का प्रतीनिधिहरुको उपस्थिती थियो । कार्यक्रमको अन्तमा कलाकारहरुलाई मायाको चिनो स्वोरुप संस्थाका उपाधक्ष्य घनस्याम खड्का तथा अधक्ष्य लम्सालले प्रसंशा-पत्र प्रदान गर्नु भएको थियो ।

No comments:

Post a Comment

कृपया कमेन्ट गर्ध सुद्ध भाषा मा कमेन्ट गर्नु होला भानैबाद

Related Posts Plugin for WordPress, Blogger...