नेपाली प्रगतीशील यातायात मजदुर मञ्च दोहा, कतारको मुखपत्र बिमोचन कार्यक्रम सम्पन्न

महेन्द्र न्यौपाने , दोहा । नेपाली प्रगतीशील यातायात मजदुर मञ्च, कतारले आफ्नो संगठनको मुखपत्र “प्रगतीशील पाइला” विमोचन समारोह सम्पन्न गरेको छ । “राष्ट्रिय स्वाधीनता र देशभित्र रोजगारी दवावको लागि हाम्रो संगठन, मजदुर समस्या उठान र समाधानको लागि हाम्रो अभियान” नारासहित सो कार्यक्रम रमेश भट्टको सभापतित्वमा कतारको सिमासिमा क्याम्पमा सम्पन्न भएको छ ।

सो कार्यक्रममा प्रमुख अतिथी शुशिल खड्का हुनुहुन्थ्यो भने बिशष अतिथीहरुमा नेपाल जनप्रगतीशीलमञ्चका सल्लाहकार संयोजक उमेश बराल, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका वरिष्ठ उपाध्यक्ष अजिजुर रहमान शेख तथा अथितिहरुमा व्यवशायी तथा समाजसेवी टिवी कार्की, नरेन्द्र सेन , नेपाली जनप्रगतीशील मञ्चका केन्दिय कोषाध्यक्ष रामु बस्याल , मान बहादुर पुन ,यातायात साँस्कृतिक समूहका श्रीकृष्ण भट्टराई, प्रवास दलित एकता समाजका लक्ष्मण गजमेर , मन्च कै सचिबालय सदस्य तथा दलित बिभाग का बुद्धि परियार , मोरङ सुनसरी सेवा समाजका सल्लाहकार संयोजक चानक पोख्रेल, मोवाइल साहित्यिक पुस्तकायलका केन्द्रिय सदस्य जगतराम बर्देवा “घायल” तथा अन्यहरुको पनि उपस्थिती रहेको थियो ।

नेत्र ढुंगानाले उपस्थित सवैमा हार्दिकता प्रकट गर्दै स्वागत मन्तव्य राख्नुभएको थियो भने यातायात साँस्कृतिक समूहका श्री कृष्ण भट्टराईले प्रवासबाट नेपालमा राजनीतिक विसंगतीहरुमा आमूल परिवर्तन ल्याउनको लागि विभिन्न भातृ संगठनहरुको माध्यमबाट संगठन विस्तार गर्नको लागि यातायात मजदुर मञ्चको स्थापना गरिएको खुलासा गरेका थिए । यस संगठनको उद्येश्य भनेको श्रमिकको हक हितको लागि निहित भई खोलिएको जानकारी दिँदै संगठनको पक्षमा सविस्तार बताएका थिए । नेपाल जनप्रगतीशील मञ्चका केन्द्रिय सदस्य रामु वस्यालले पनि यातायात मजदुरको हक हितको बारेमा प्रकाश पार्दै मुखपत्र प्रकाशनले श्रमजिबिबर्गलाइ एउटा खुराक हुने बताउनु बताए ।

त्यस्तैगरी समाजसेवी, व्यवशायी तथा क्षत्री सेवा समाजका अध्यक्ष टि.वी. कार्कीले यस संस्थाले कतारमा यातायात तथा परिवहन पेशाका लागि आउने नेपालीहरुमा ट्राफिक सचेतना फैलाउने काम गर्नु नितान्त जरुरी भएको हुँदा यस संस्थाले त्यसो गर्न सकेको खण्डमा संस्थाको सार्थकता रहने कुरा जनाए । यस्ता चेतनामूलक कुराहरुलाई आगामी मुखपत्र प्रकाशन क्रममा ट्राफिक नियम सम्बन्धी कुरालाई प्रधानता दिन सकेमा सुनमा सुगन्धअपहेलना गर्नु शिबाय केहि नभएको बताए भने प्रमुख अतिथी शुसील खड्काले श्रमजिबि बर्गहरुलाई जहिले पनि होच्याएर बोल्ने सामन्तिसोचले ग्रसित ठग दलाल र मानब तस्कर हरुलाई प्रगतिशील पाइला प्रकाशनले ठुलो धक्का लागेको बताए ।

श्रमजिबि हरु परी आएको खण्डमा जुन सुकै कार्य गर्न पनि कदाचित पछि नहट्ने कुरा बोलेर हैन गरेर देखाइदिएको भन्दै मानब तस्करहरुका काला कर्तुत हरुलाई मुख पत्रको माध्यमबाट श्रमजिबिबर्ग सम्म बिचार हरुलाई पुर्याउन मुख पत्र सफल हुने बिश्वास ब्यक्त गर्नुभयो । कार्यक्रमका सभापति रमेश भट्टले देशमा बिद्दमान राजनैतिक परीबेश घरेलु प्रतिकृयाबादी शक्तिहरुको चहलपहल देखि बिस्तारबाद र सामन्तबादको चंगुलमा नराम्रो सँग फसीरहेको गुनासो ब्यक्त गरे । गणतन्त्रको सस्थागत बिकाश र सँबिधान निर्माणको अपुरो यात्रा बाटैमा बिलिन अबस्थामा बिधमान रहेको कुरा ब्यक्त गर्दै तटस्थको को नाममा देशलाइ अनिर्णयएको बन्दी बनाएर राखेका कम्युनिष्टका खोल ओडेका धुर्तहरुले देशलाइ यो हबिगतमा पुयाएको दाबि गरेका थिए । सोहि अबसरमा नेपाली जनप्रगतिशील मञ्चका केन्द्रिय सचिवालय सदस्य तथा नेपाल प्रगतिशील यातायात मजदुर मञ्चका बरिष्ठ उपाध्यक्ष नेत्र ढुँगाना सदाको लागी नेपाल फर्कनु भएकाले उहाँको बिदाइ गरीएको थियो ।


No comments:

Post a Comment

कृपया कमेन्ट गर्ध सुद्ध भाषा मा कमेन्ट गर्नु होला भानैबाद

Related Posts Plugin for WordPress, Blogger...