जर्मनीको म्युनिकमा तीजको रमझम सुरु

जर्मनीको म्युनिक शहरमा तीजको लहर सुरु भएको छ । कार्यक्रम हिमालयन परिवार म्युनिक ले Ganghofer str 41 ,80339 म्युनिकमा साझ 6 बजेद्खी आयोजना गर्ने भएको छ । आयोजक संस्थाक अध्यक्ष हरी न्यौपाने ज्युले जर्मनीमा रहेका नेपाली महिलाहरुलाई एकै ठाउँमा भेला गर्राई आफ़्नो मौलिक सँस्कृतिको संरक्षण एवं संबर्द्धन गर्ने , बिरानो भूमिमा रहेपनि माइतीको आँगनको सम्झना गर्दै एक दिन भएपनि सबै दिदिबहिनी भेला भएर आ-आफ़्ना मनका कथा-ब्यथाहरु तीजेभाका पोखेर रमाईलो गर्ने वातावरण निर्माण गर्न सकियोस् भनेर तीज कार्यक्रमको आयोजना गरिएको कुरा बताउनुभयो । उहाले नबगठित संस्थालाई पूर्णत दीई तीज कार्यक्रमको बिभागीय कार्यबिभाजन पनि गराउनुभएको जानकारी दिनुभयो ।

एस्पलीको बिशेष रोचकता स्थानिय चर्चित कलाकर्मीहरु साथै जर्मनी र अन्य शहरबाट समेत साँगीतिक धमाका रहने हुँदा उक्त तीज बिशेष कार्यक्रममा आयोजकहरुले उत्साहजनक सहभागिता जनाई सहयोग गर्न जर्मनीबासी समस्त नेपाली तथा जर्मनबासी दाजुभाई एवं दिदिबहिनीहरुमा हार्दिक आह्वान गरेका छन् । नेपाली महिलहरु लाई देशको पोशकमा उपस्थित हुन आयोजकहरुको बिशेश अनुरोध छ। कार्यक्रम मा जर्मन महिला हरु को पनि उलेख्य उपस्थिती हुने छ ।

कार्यक्रममा दरकोरुपमा न्यूनतम मूल्यमा तीज बिशेष परिकारको समेत ब्यवस्था मिलाईएको जनाइएको छ ।


No comments:

Post a Comment

कृपया कमेन्ट गर्ध सुद्ध भाषा मा कमेन्ट गर्नु होला भानैबाद

Related Posts Plugin for WordPress, Blogger...