सन्नी सगरमाथा समाजद्वारा यो बर्षको तीज भब्यरुपमा सम्पन्न

जति सुकै कमाएनी हात लाग्ने सुन्य हो
यो भन्दा त आफ्नै देशमा हलो जोते हुने हो

यो सालमा शिव हाम्रो सुनिदेउन बिलौना
भांग धतुरो छोडेर देश मिलौना

झट्ट सुन्दा यी हरफहरु कुनै गाइजात्रा प्रहसनका झैँ लागे पनि त्यो भने होइन र यी त सन्नी सगरमाथा समाज, महिला समूहले सेप्तेम्बेर ५ मा लस अल्तोस शहर, क्यलिफोर्नियामा आयोजना गरेको तीज कार्यक्रम मा पोखिएका भावनाहरु हुन् ।

स्टेजको मध्य भागमा भगवान शिवको मुर्ति, चारैतिर उनका लागि गरिएको आरति अनि रातो धागो र राती सारीमा सजिएर आएका महिलाहरुको बाक्लो उपस्थितिले लाग्थ्यो नेपालको कुनै मन्दिरमा पुजाको भब्य तयारी हुदै छ र कोहि कसैलाई फुर्सद छैन र छम छम बजेका चुराका आबाज, एक अर्का संगको भलाकुसारी अनि आफ़्नो गाउघरका सम्झना, कम्ति याद आएन नेपालको ।

रुद्रीका श्लोक मंचमा गुन्जन शुरुभए पछि त कसले भन्थ्यो यो नेपाल होइन भनेरर अनि कार्यक्रम शुरु भयो जेठा सदस्य मिना श्रेष्ठको स्वागत बाट । समाज ले बर्सेनी आयोजना गर्ने तीज कार्यक्रममा यो वर्ष बर्कले देखि गिलरोय सम्मका करिब तिनसय जना महिला,पुरुष तथा केटाकेटीहरुको उल्लेखनीय सहभागिता थियो ।

कार्यक्रममा पामेला, नीतिका र निलु भट्टले सिरिमा सिरी फुलको गीतमा नाचे र त्यसैगरी कब्या शाहले भगवान शिवको प्रिय मुद्र्यका नाच अनि शोफिया सापकोटा, नेहा दाहाल, प्रतिमा अधिकारी र संरचना शर्माले तीजको लहर आयो बारी लै गीतमा नाचेर सबै दर्शकहरुलाई नचाएका थिए ।

कार्यक्रमको अर्को आकर्षण नारायण खनाल र रत्न बराईली को झिल झिल सीतारा दोहोरि रह्यो र देश बनाउने जिम्मा पाएका नेताहरुको गैर जिम्मेवारी पानामा केन्द्रित दोहोरि गीतमा उनीहरुले कस्सियेरै कट्टाछ्य गरे र माया प्रेमका कुरा गरे अनि रमाइलो चाड तीजको बयान ।

कार्यक्रम भरि जे जस्तो दुख पिडा पोखिएपनि अन्तमा केटा केटि देखि बुढाबुडी सबै जनाले तीज र नेपाली गीत मा कम्मर मर्काई मर्काई रात को १२ बजे सम्म नाचीरहे, नाचिरहे

No comments:

Post a Comment

कृपया कमेन्ट गर्ध सुद्ध भाषा मा कमेन्ट गर्नु होला भानैबाद

Related Posts Plugin for WordPress, Blogger...