नेपाली सांस्कृतिक कार्यक्रमका लागि नायिका झरना थापा लगायतका कलाकारहरूको टोली रियादमा

साउदी अरबको रियाद, दमाम र बहराइनमा एनआरएनए द्वारा आयोजित सुमधुर सांस्कृतिक कार्यक्रममा आफ्ना गित तथा नृत्यहरू प्रस्तुत गर्न नेपालबाट कलाकारहरू नायिका तथा नृत्यांगना झरना थापा, गायक द्वय राजु परियार र बैकुण्ठ महत तथा गायिकाहरू अञ्जना गुरूंग, ज्योति मगर र योगिता मोक्तान आज अपरान्ह ४.३० बजे गल्फ एअरको फ्लाइटबाट रियाद आइपुग्नुभएको छ ।


Nepali Artists in Saudi Arab
कलाकारहरूलाई स्वागत गर्न रियाद बिमानस्थलमा नेपाली दुतावास रियादका कर्मचारीहरूका साथै एनआरएनए साउदी अरबका अध्यक्ष धरम के.सी., उपाध्यक्ष भीम थापा, महा सचिव बिश्वनाथ भण्डारी, सल्लाहकार रूद्र कार्की, तमुधिं साउदी अरबका महासचिव खेम गुरूंग सहित आइसिसी सदस्य राम बेलबासे पुग्नुभएको थियो ।

आजै बेलुका ७ बजे महामहिम राजदुत हमिद अन्सारीज्युले आफ्नै कार्यकक्षमा नेपालबाट पाल्नुभएका सबै कलाकारहरू र एनआरएनएका पदाधिकारीहरूलाई भेटदै आपसी परिचय तथा संक्षिप्त अन्तरकृया सम्पन्न गर्नुभएको थियो ।

कलाकारहरूले भोली सेप्टेम्बर १० तारिख दिउंसो ठिक ३ बजेदेखि रियादमा र पर्सी सेप्टेम्बर ११ तारिखमा बिहान ठिक ९ बजेदेखि र दिउंसो ठिक २ बजेदेखि दमाममा २ शो गर्ने कार्यक्रम रहेको छ । तत्पश्चात सेप्टेम्बर १२ मा अन्तिम शो (चौथो) देखाउन कलाकारहरूको टोली बहराइन पुग्ने छ । रियाद, दमाम र बहराइनमा यतिखेर कार्यक्रमको अन्तिम तयारी गर्दै कार्यक्रमलाई भब्यतापुर्बक सफल पार्नका लागि एनआरएनएका अतिरिक्त अन्य संघ संस्थामा आबद्ध नेपालीहरू समेत बिशेष सकृय रहेका छन ।

स्मरणीय छ यस कार्यक्रमको मुख्य उद्देश्य साउदी अरब र बहराइनका श्रमजिवी नेपाली कामदारहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै बचत हुने सबै रकम पीडित र असहाय महीला कामदारहरूको उद्धारमा सदुपयोग गरिने भएको छ ।

No comments:

Post a Comment

कृपया कमेन्ट गर्ध सुद्ध भाषा मा कमेन्ट गर्नु होला भानैबाद

Related Posts Plugin for WordPress, Blogger...