तिम्रो नाम
हरपल तिम्रो नाम जपे कती कती
दर्द चोट पिडा ब्यथा खपे कती कती
बिर्सु भन्छु बैगुनिलाई सधैंको लागि
तर झनै सम्झी घाऊ थपे कती कती
उन्कै यादमा म काकाकुल भौतारिदा
पागल झै आफ्नो मुटु कपे कती कती
छैन केही अब जिउनुको सार्थकता
जिउदो लास मृत्यु म पखे कती कती
बग्यो भब सागर नै यी नयनबाट
त्यही बलेसिहरुमा बगे कती कती
खगेन्द्र खिलाफी
पाख्रिबास धनकुटा
No comments:
Post a Comment
कृपया कमेन्ट गर्ध सुद्ध भाषा मा कमेन्ट गर्नु होला भानैबाद