बुवाले बिक्री गरेको विमानमा छोरीको मृत्यु

काठमाडौं , भाद्र ११ – मंगलबारको मिर्मिरे विहानमा घडीले ठ्याक्कै साढे ५ बजाएको थियो । परिचारिका सारा शेर्पालाई लुक्लाको उडानकालागि लिन अग्नि एयरको भ्यान अरु दिन झै दैलोमै पुग्यो । सधैझै बाहिरबाट गेट खोल्दै भ्यानका चालकले बोलाए ‘ सारा मिस, गुड मर्निङ्ग ! म आइपुगे !’ गाडी पुग्नु आधा घन्टा अघि ५ बजेनै ओच्छ्यान छाडिसकेकी सारा परिचारिकाको पोशाकमा सजिएर कोठाबाट बाहिरीन् ।

सधैझै आमाको गाला चुम्दै अङगालोमा बेरिन् अनि भनिन् ‘बाई मम सि यु लेटर (फेरि भेटौला) !’ तीन छोरीकी आमा अन्जुले पनि बिदाई गर्दै गाडीभित्र बसेकी छोरीलाई भनिन् ‘लुक्ला पुगेपछी फोन गर है छोरी ।’ उनका विदाईका हात हल्लिए । तर ‘हुने हार दैव नटार’ भनेझै मंगलबार विहान उनले हल्लाएका हातले गरेको विदाई साराकालागि अन्तिम विदाई बन्यो । उनीसहित १४ यात्रु रहेको विमान मकवानपुरको शिखरपुरमा दुर्घटना परेपछी कान्छी छोरी गुमाएको शेर्पा परिवार गहिरो शोकमा डुबेको छ । सधै भ्यानको नम्बर हेर्ने बानी परेकी अन्जुले त्यसदिन छोरीको चेहेरा धपक्क उज्यालो देखेरे भ्यानको नम्बर हेर्न नै बिर्सिएकी थिइन् ‘सधै उस्लाई लैजाने गाडीको नम्बर हेर्थे,त्यस विहान उस्को अनुहारमा धेरै खुसी देखेपछी किन यस्तो खुसी भएकी होली ? ठानेर धेरैबेर सोचीरहे, आखिर भाग्यमा आमाछोरीको अन्तिम भेट लेखिएको रहेछ’ शोकमा रहेकी ४२ वषिर्या अन्जुले कान्तिपुरलाई विहीबार भनिन् ।

यसअघि नुवाकोटको लाङटाङ क्षेत्रमा भएको थाई एयरवेजको विमान दुर्घटनामा बैककबाट नेपाल आउदै गरेका भान्जी जश्मिन र भाईबुहारी तारानी वैद्य गुमाएको शेर्पा परिवारले १८ वर्षपछी मंगलबार फेरी हवाई दुर्घटनामै छोरी सारालाई गुमाउनु पर्दाको पिडाले झनै थचारिएकाछन् । त्यसैमाथि अर्को संयोग झन बिरत्तलाग्दो छ, त्यो के भने, ‘साराका बुवा दोर्जे छिरिङ संलग्न स्काइलाइन ऐयरवेज कम्पनीले करिब ६ वर्षअघि अग्नीलाई बिक्रि गरेकै डर्मियर विमान दुर्घटनामा पर्‍यो जस्मा सारा परिचारिकाको रुपमा उडेकी थिइन् । हवाई क्षेत्रमा दुई दशक लामो अनुभव सँगालेका दोर्जेले यसअघि उनीसमेत संचालक रहेको सिमराबाट काठमाडौं आउदै गरेको स्काईलाइन र जोमसोमबाट पोखरा उडेको लुम्विनी एयरवेजको विमान दुर्घटना हुदा शव उद्धार र घटना छावविनमा संलग्न थिए । ‘तर यसताका उनी आफ्नै छोरीलाई हवाई क्षेत्रमै गुमाउनुपरेपछी झनै स्तव्ध बनेकाछन् । ‘जे भाग्यमा लेखिएको छ, त्यही हुदोरहेछ’ हाल हवाई र पर्यटन क्षेत्रमै अनुसन्धानमा संलग्न दोर्जेले भने । तर, छोरीको मृत्युको खबरपछी घरमा शान्त्वना दिन आउने आफन्तजन र शुभचिन्तकले उनको शोकलाई शक्तिमा बद्ल्ने प्रयासमा थिए । ‘यत्रो साथीभाई कमएकी रहेछ मेरी छोरी बहादुर रहेछ’ उनले सम्हालिदै कान्तिपुरलाई भने ।

अग्रेजी साहित्य-संगित-सिनेमा,फेशन, स्केचमा औधी रुची राख्ने छोरीका बाल्यकालका साथीसंगी दिल्ली, दार्जिलिङ्गबाट हतारिदै गल्फुटारस्थित निवासमै पुग्नेक्रम जारी रहेपछी शेर्पा परिवारले यस्लाई छोरीले हवाई क्षेत्रमा कमाएको ख्याती ठानेका छन् । बेकरी बनाउने सातामा एकपटक जयनेपाल र कुमारीमा साथीहरुका साथ सिनेमा हेर्न रुचाउने तीनै साराका बालसखाका मित्रजन बुधबार उनले सजाएको कोठामा उनको तस्विर हेर्दै सुकुसुक गरिरहेका भेटीए । खर्साङस्थित हिमालय बोर्डिङ स्कुलबाट १० कक्षा उत्तिर्ण गरी राजधानीको राई स्कुलबाट १२ कक्षा उत्तिर्ण गरेकी मेधावी साराको मृत्यु खबरपछी दियो,बत्ती र खादा बोकेर शान्त्वना दिन आउने तीनै साथीभाई र आफन्तजन शेर्पा परिवारलाई सान्त्तवना दिदै थिए ।

हाल इन्द्रागान्धी खुला विश्वविद्यालयमा स्नातक तहमा पर्यटन विषय पढ्दै गरेकी सारालाई अन्तराष्टिय उडान भर्ने कतार एयरवेजले पनि अफर गरेको थियो । राष्ट्रिय महत्वका व्यक्ति र भिभिआईपीको उडान हुने यात्रामा परिचारिकाका रुपमा कम्पनीले प्रायः उनलाई रोज्दथ्यो । अग्नीअघि यती एयरमा पनि परिचारिकाको अनुभव सूगालेकी उनी हवाई क्षेत्रमा रहेका बुवाकै कारणबाट प्रभावित भई यस क्षेत्रमा आएकी थिइन् । उनीअघि हाल अमेरिकामा बसोबास गरिरहेकी उनकी दिदीले पनि २ वर्ष परिचारिकाको अनुभव सँगालेकी थिइन भने अर्की दिदी हाल स्नातक पढ्दैछिन् ।

साथमा रहेका दुई वटा छोरीको रहर पूरा गर्न गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको भारतको बौद्ध गयाको तिर्थयात्राको तयारी गरिरहेको शेर्पा परिवार यतिबेला बत्ती बालेर आफ्नै परम्परा अनुसार साराको आत्माको शान्तीकालागि कामना गरिरहेका छन् । मृत आत्माको शान्तीकालागि राजधानीमा छरिएका उनका आफन्त शुक्रबार साराले मन पराउने खानेकुरा पकाउने योजना बनाउदै थिए । लामा गूरुले चलाउने विषेश पूजापछी ती खानेकुरा उनको आत्मालाई चढाइने छ । लामाले चलाउने पूजा लगातार ४९ दिनसम्म चलिरहने छ । ललितपुरमा जन्मेकी साराको शिक्षण अस्पताल महाराजगंजमा बुधबार टाउकोपछाडीको भाग भेटीएपछी शेर्पा परिवारले त्यसैलाई उनको शव ठानेर स्वयम्भुमा अन्त्यष्टी गरी चित्त बुझाए

No comments:

Post a Comment

कृपया कमेन्ट गर्ध सुद्ध भाषा मा कमेन्ट गर्नु होला भानैबाद

Related Posts Plugin for WordPress, Blogger...