व्यवसाय गर्नेहरू धेरै छन्, तर नौलो शैली अपनाएर व्यवसाय गर्नेहरूको खोजी गर्ने हो भने कम्र्फट हाउजिङको शैली फरक देखिन्छ। नेपालमा सामुदायिक बसोबासको अवधारणा ल्याएर बौद्धिक मानिसलाई एक ठाउँमा राख्न थालेको कम्र्फट हाउजिङको कर्पोरेट शैली रमाइलो छ। करिब १ हजार २ सय व्यक्तिले रोजगारी पाएको यो कम्पनीमा बिहानीको खाना अफिसमै खाने व्यवस्था मिलाइएको छ। अफिसमा काम गर्ने प्रत्येक व्यक्तिसँग प्रमुख कार्यकारी अधिकृतको प्रत्यक्ष कुराकानी हुन्छ। प्रत्येक साता व्यक्तित्व विकासका लागि कुनै न कुनै तालिमको व्यवस्था हुने यो कार्यालयमा काम गर्ने समयको बन्देज छैन।
दिइएको जिम्मेवारी पूरा गरेपछि कर्मचारी घर वा बाहिर जान स्वतन्त्र हुन्छ। नेपालका दस स्थानमा करिब ५ सय परिवारका लागि आकर्षक घर बनाएको कम्र्फट हाउजिङको यो शैलीका कारण यसका प्रबन्ध निर्देशक ओम राजभण्डारीले द बोस एक्सलेन्स अवार्डको पुरस्कार पनि प्राप्त गरेका छन्।
कम्र्फट हाउजिङले कर्मचारीहरूप्रति गर्ने व्यवहार नीतिगत रूपमै फरक छ, किन यसो गर्नुभएको ?
नेपालको सन्दर्भमा धेरैजसो व्यक्ति आफ्ना लागि काम गर्दैनन्, अफिसका लागि वा हाकिमका लागि काम गर्छन् । यसले उनीहरूको पूरा क्षमता न त आफ्ना लागि उपयोग हुन्छ, न त अफिसले नै त्यसको बेनिफिट पाउँछ । हामी चाहन्छौं, एउटा व्यक्तिसँग जति क्षमता छ, त्यो पूर्ण रूपमा बाहिर आओस् । क्षमता प्रकट हुने हो र अफिसले त्यसलाई उपयोग गर्ने हो भने त्यसको फाइदा दुवैले पाउँछन् । म उद्योग मात्र चलाइरहेको छैन, मानिसको क्षमतालाई पनि उजागर गरी व्यक्तित्व विकास गर्ने भावनाले यो शैली अपनाएको हुँ ।
त्यसका लागि कार्यालयमै खाना ख्वाउने, देश-विदेश जानुपर्ने प्रमुख कार्यकारी अधिकृतले अफिसको साधारण कर्मचारीको घरै पुग्नुपर्ने आवश्यकता छ र ?
हाम्रा साथीहरू अहिलेसम्म बिरामी परेको मलाई थाहा छैन । यसको कारण अफिसमा बनाइने खाना नै हो । लन्चका लागि बाहिरको खाना खाँदा त्यो कस्तो छ, नेपालमा त्यसलाई हेर्ने निकाय छैन । यहाँको खानाले हामीबीच आत्मीयता बढाउँछ, किनभने म पनि खाना खान अफिसमै आइपुग्छु । रह्यो सुख वा दुःखमा बेला स्टाफको घर जाने कुरा, त्यो किनभने जसले आफ्नो सम्पूर्ण जीवन अफिसका लागि लगाउँछ, दुःख वा सुखमा साथ दिँदैन भने त्यो अफिसप्रति उत्तरदायित्व नहुन सक्छ ?
तर तपाईंको कम्पनी छाड्ने व्यक्तिहरू पनि धेरै छन्, यसको कारण के पाउनुभएको छ ?
अहिले गएर मेरो ड्राइभरलाई यो कम्पनी छोड तिमिलाई म यहाँको भन्दा बढी तलब दिएर म्यानेजर बनाउँछु भन्नुभयो भने पनि उसले मान्दैन । ऊ ड्राइभर भए पनि हामीले यति धेरै तालिम र अवसर दिएका छौं, उसमा म्यानेजर बन्न सक्ने स्किल छ । यद्यपि ऊ कम्पनी छाडेर जान चाहँदैन । किनभने यो अफिस राम्रो बनाउन के गर्नुपर्छ भनेर उसैबाट सुझाव लिएर ती कुरा लागू गरिएको छ । हाम्रो अफिसमा कर्मचारीलाई भनिन्छ— बाहिर कुनै अफिसमा राम्रो काम भएको देख्यौ भने यहाँ आएर भन, हामी लागू गर्छौं । जब एउटा गार्डलाई समेत अफिसको नियममा समावेश गरिन्छ भने ऊ किन अरूतिर जान्छ ? तपाईंले भनेजस्तो केही व्यक्तिले जागिर नछाडेका होइनन्, तर जतिले छाडेका छन्, विदेशमा धेरै राम्रो अवसर पाएर मात्र छाडेका छन् । उनीहरू नेपाल फर्केको अवस्थामा हाम्रै कम्पनीमा काम गर्न चाहन्छन् ।
तपाईंको विचारमा उद्यम के गर्ने र कसरी गर्ने महत्त्वपूर्ण होइन, जति त्यसका कामदार महत्त्वपूर्ण हुन् भन्ने हो ?
सबैभन्दा पहिले उद्यमीले के उद्यम गर्ने भन्ने कुरा त खोज्छ तर त्यसलाई माथि लाने भनेको कामदारले नै हो । उद्यमी भनेको सपना देख्ने मानिस हो । उसले सपना नै बेच्छ, तर त्यो सपनालाई यथार्थमा परिणत गर्ने कामदार नै हुन् । व्यवसाय गर्ने मेरो साधारण तर गहन सूत्र छ । मानिसले के खोज्छ ? मानिसले विकास खोज्छ । पहिलो नलेज ग्रोथ दोस्रो आर्थिक ग्रोथ । जब तपाईं कुनै व्यवसाय गर्दै हुनुहुन्छ भने सबैभन्दा पहिले स्टाफलाई आफ्नो सपना बेच्नुहोस् ।

पृष्ठ ५ बाट जारी
त्यो सपनाले पैसा पनि देओस्, नलेज पनि देओस् । उनीहरूले यसमा जति मेहनत गर्दै जान्छन्, तपाईंको सपना पनि पूरा हुँदै जान्छ, अर्थात् तपाईंले देखेको सपना स्टाफको सपना हुनुपर्छ । त्यो स्टाफको सपना त्यतिखेर हुन्छ, जब तपाईंले उसलाई त्यो सपना उसको पनि हो भन्ने महसुस गराउनुहुन्छ । मेरा क्रियाकलाप यसैमा केन्दि्रत हुन्छन् ।
सधैंभरि तालिम दिने बौद्धिकता एवं अरू स्टाफसरह कार्यालयमा खट्ने बल कहाँबाट प्राप्त हुन्छ ?
म दैनिक ३ घन्टा पुस्तक एवं पत्रपत्रिका अध्ययन गर्छु । हरेक दिन कसरी स्टाफलाई नयाँ कुरा दिन सकिन्छ भनेर सोच्छु । म आफूले प्राप्त गरेको कुरा सेयर गरिहाल्छु । किनभने ज्ञान व्यक्तिगत कुरा होइन । ज्ञान हस्तान्तरण हुनुपर्छ । अकार् तर्फ मेरो विचारमा हरेक व्यक्ति मानसिक एवं शारीरिक रूपमा स्वस्थ्य हुनुपर्छ । त्यसैले हामीकहाँ स्टाफका लागि पनि निःशुल्क जिम खाना खोलिएको छ । त्यहाँ पैसा तिरेर सदस्यता लिनुपर्दैन । म पनि शारीरिक एवं मानसिक स्वास्थ्यका लागि व्यायाम, खानपान एवं जीवनशैलीमा ध्यान पुर्याउँछु ।
तपाईंसँग पो प्रशस्त पैसा थियो र सबै कुरालाई समय दिन सक्नुहुन्छ । जसले थोरै पैसामा उद्योग चलाउनुपर्छ, उसले के गर्ने ?
उद्यमीका लागि पैसा महत्त्वपूर्ण कुरा होइन । संसारमा आज जति पनि व्यक्ति सफल उद्यमी भएका छन्, उनीहरूसँग पैसा थिएन, भिजन थियो । विश्वका धनी व्यक्तिहरू, विश्वका सफल औद्योगिक घरानाहरूको पृष्ठभूमि हेर्नुभयो त्यहाँ पैसाको अभाव नै पाउनुहुन्छ । व्यवसायीहरूसँग उद्यमशीलता हुनुपर्छ न कि पैसा । यदि मेरो कुरा गर्नुहुन्छ भने काठमाडौंको व्यक्ति भए पनि म एउटा शिक्षकको छोरो हुँ । म आफूले कमाएको १ लाखमध्ये ७५ हजार रुपैयाँ हालेर यो व्यवसायमा छिरेको हुँ । हामी चार जना मिलेर ३ लाख जम्मा गर्यौं, तर हामीमा उद्यमशीलता थियो, यही देखेर हिमालयन बैंकले हामीमाथि १ करोड लगानी गर्यौं । यसबाट पनि थाहा हुन्छ, उद्यमशीलताका लागि पैसा होइन, भिजन आवश्यक छ ।
तपाईंको उद्यमशीलता देशको महत्त्वपूर्ण क्षेत्रमा लाग्नुपर्ने हो, किन हाउजिङ व्यवसायमा लगाउनुभयो ?
एउटा उद्यमीले जहिले पनि केमा भविष्य छ भन्ने हेर्छ । म २०४९ सालमा व्यवसायमा छिरें । त्यसबेला देशमा प्रजातन्त्र आएको थियो । अब देशमा द्रुत गतिमा निर्माणकार्यहरू सुरु हुने अनुमान गरेपछि म यसमा लागेको हुँ । किनभने अविकसित देश त्यसबेला मात्र विकसित हुन्छ, जब त्यहाँ भवन र सडकहरू बन्न थाल्छन् । अर्कातर्फ ठेकेदारी भन्ने बित्तिकै मानिसको धारणा गलत थियो । ठेकेदारहरूबाटै भ्रष्टाचार मौलाउँछ भन्ने धारणा थियो । यो ठेकेदारीलाई विल्डर्सका रूपमा औद्योगिक रूप दिनुपर्छ भन्ने सोचले म यसमा लागेको हुँ । निर्माण व्यवसायीकै कारण सयौं उद्योग चल्छन् । रोजगारका अवसरहरू सिर्जना हुन्छन् । यति धेरै क्षेत्र संलग्न हुने भएकाले मैले यसलाई रोजेको हुँ । यो राम्रो व्यवसाय हो ।
हाउजिङ व्यवसायीले के-के कुरामा ध्यान दिनुपर्छ ?
गुणस्तरीय सामग्री, उपयुक्त मूल्य, निर्धारित समयमा घरको निर्माण र त्यसलाई लिड गर्ने उपयुक्त नेतृत्व । यदि यी कुरामा ध्यान नदिने हो भने हाउजिङ व्यवसाय डुब्न सक्छ । क्वालिटी, कस्ट, टाइम र लिडरसिपको आवश्यकता अन्य व्यवसायमा पनि लागू हुन्छन् ।
हाउजिङमा सामाजिक दायित्व त्यति हुँदैन, जति अन्य व्यवसायमा हुन्छ भन्ने तर्कलाई कसरी खण्डन गर्नुहुन्छ ?
मेरो विचारमा सफल व्यवसायी बन्न सामाजिक उत्तरदायित्व बहन गर्नैपर्छ । उसले समाज बनाउन आफू समर्पित छु भन्ने सन्देश दिनैपर्छ । दस स्थानमा आफ्नो प्रोजेक्ट तयार पार्दा ती सबै क्षेत्रमा हामीले सामाजिक काम गरेका छौं । कतै सामुदायिक प्रहरी भवन, कतै ट्राफिक व्यवस्थापनका लागि कतै स्कुल तथा क्लबका भवन बनाएका छौं । कुनै त्यस्तो व्यवसाय हुँदैन, जसले सामाजिक उत्तरदायित्व बहन गर्नुनपरोस् । क्यान्सरका बिरामीको अन्तिम अवस्था हुँदा उनीहरूलाई राख्ने ठाउँ थिएन, हामीले हस्पिटलको व्यवस्था गरेका छौं । यसले सयौं क्यान्सरका रोगी तथा उनीहरूका परिवारलाई राहत दिएको छ । एम्बुलेन्स स्टेसनको अवधारणा हामीले नै ल्याएका छौं । म त के भन्छु भने सरकारले यो गरेन, त्यो गरेन भन्नु बेकार हो । हामीले सरकारलाई यसो पनि गर्न सकिन्छ भनेर उदाहरण प्रस्तुत गर्न सक्नुपर्छ । म आफ्नो व्यक्तिगत कमाइबाट करिब २० लाख समाजका लागि छुट्याउँछु ।
यद्यपि अन्य उद्यमभन्दा हाउजिङ तुलनात्मक रूपमा सजिलो होइन र ?
इन्जिनियरिङ मेरो ब्याकग्राउन्ड होइन । त्यसमाथि हाउजिङ व्यवसाय हामीले त्यसबेला सुरु गर्यौं, जुन बेला समाजको अवधारणा घर आफैंले बनाउनुपर्छ भन्ने थियो र छ । सन्तान नजन्माएकी महिला र घर नबनाएको पुरुष परिपक्व हुँदैन भन्ने हाम्रो सामाजिक मान्यता छ । यस्तो अवस्थामा म इन्टरनेटमा ४-५ घन्टा बसेर कसरी घर बेच्न सकिन्छ भनेर योजना बनाउँथें । अन्त्यमा मैले बुझें, नेपाली समाज घर होइन, समाज चाहन्छ । नेपालमा मैले सामुदायिक बसोबासको अवधारणा भित्र्याएँ । त्यो सफल पनि भयो । यस अर्थमा व्यवसाय भनेको कुनै सजिलो वा गाह्रो हुँदैन, त्यसलाई कसरी सफल बनाउने भन्ने कुराचाहिँ गाह्रो हो ।
भनेपछि तपाईं आफ्नो व्यवसायबाट खुसी हुनुहुन्छ ?
म व्यवसायबाट मात्र होइन, जीवनबाटै खुसी छु । किनभने मलाई थाहा छ, कुनै सफलता प्राप्त गर्नेबित्तिकै त्यो मानिस सुखी छ भन्न मिल्दैन, तर एउटा सुखी व्यक्तिले जे काम गर्छ, उसले त्यसमा सफलता हासिल गर्छ । यदि मैले गरेको कामलाई म माया गर्छु भने म सफल व्यक्ति हुँ । यो हरेक व्यक्तिको जीवनमा लागू हुन्छ । मानिस त्यसबेला सुखी हुन्छ, जब उसले पैसा मात्र होइन, मानिस पनि कमाएको होस् । मलाई लाग्छ, मैले मानिस कमाएको छु । मानिस कमाएकै कारण पैसा कमिएको हो ।
तपाईं यति धेरै व्यस्त भए पनि कलेज पढाउन जानुहुन्छ, कलेज पढाउनुपर्ने आवश्यकता किन पर्यो ?
मेरो हजुरबुवा भैरव राजभण्डारी राणाकालमा दरबार हाईस्कुलको अंग्रेजी शिक्षक हुनुहुन्थ्यो । बुबाले विष्णु राजभण्डारीले पनि हजुरबुबाको पेसालाई निरन्तरता दिनुभयो । उहाँ बिहान अंग्रेजी विषय पढाएर दिउँसो अमेरिकन एम्बेसीमा जागिर खानुहुन्थ्यो । त्यतिमात्र होइन, हजुरबुबाका जति पनि छोरा थिए, उहाँहरू पनि टिचर नै हुनुहुन्थ्यो । यस्तो वातावरणमा हुर्किएकाले मलाई ज्ञान बाँड्नु जस्तो रमाइलो अरू कुरा अरू हुन्छ जस्तो लाग्ोन । जब कम्र्फट हाउजिङले सामुदायिक बसोबासको अवधारणा अनुरुप योजना तर्जुमा गर्न रियलस्टेट विज्ञका रुपमा कलेजहरूले बोलाउन थाले । हामी आफैंले पनि हाउजिङ व्यवसायलाई कोर्सभित्र समावेश गरेर एस कलेजसँग सहकार्य गर्यौं । मेरो क्लास यति लोकपि्रय भयो कि अब मैले कलेज जानैपर्छ । ज्ञान र अनुभव बाँड्न यसो गरेको हुँ ।
व्यवसायीहरू अहिलेको राजनीतिक अवस्थाबाट निकै दुःखी छन्, तपाईंको प्रतिक्रिया के छ ?
राजनीतिक रूपमा हामी २०४६ सालमा जुन स्थानमा उभिएका थियौं, आज पनि त्यहीं छौं । हिजो पनि प्रजातन्त्र, विकास, राजनीतिक स्थिरताकै कुरा गरिरहेका थियौं । त्यसबेला जुन अन्यौल थियो, अहिले पनि त्यही छ । आज पनि बहुमतको सरकार, सहमतिको सरकारकै कुरा गरिरहेका छौं । यो २० वर्षमा संसार कहाँबाट कहाँ पुगिसक्यो, हामी
त्यही छौं, तर यसो भन्दैमा व्यवसायीहरूले निराश हुनुपर्दैन । हामीले विकास कार्यमा सहकार्य गरी निकास निकाल्नु पर्छ ।
एउटा डेभेलोपरका हिसाबले तपाईंको सपना के हो ? तपाईं राजनीतिकर्मीहरूलाई के सिकाउन चाहनुहन्छ ?
मेरो सपना काठमाडौंको कुनै छेउमा १-२ लाख मानिस बसोबास गर्ने सुन्दर सहर बनाउने हो । एउटा सहरमा कस्तो सडक हुनुपर्छ, ढलको व्यवस्था कस्तो हुनुपर्छ, बिजुलीबत्ती, पानी, हरियाली आदि कस्तो हुनुपर्छ, म त्यसको नमुना प्रस्तुत गर्न चाहन्छु । त्यो म एक्लैबाट सम्भव नहुने भएकाले हामीजस्ता केही बिल्डर्स मिलेर बनाउनुपर्छ । यसबाट आफ्नो सिर्जना पनि देखिन्छ
र योजनाविद्हरूले पनि काठमाडौंलाई यस्तो बनाउनुपर्ने रहेछ भन्ने बुझ्नेछन् । त्यसपछि अन्य सहरमा पनि व्यवस्थित बसोबासमार्फत राष्ट्रको निर्माण हुनसक्छ । अश्विनी कोइराला,
No comments:
Post a Comment
कृपया कमेन्ट गर्ध सुद्ध भाषा मा कमेन्ट गर्नु होला भानैबाद