हेभेन्लीपाथको कविता प्रतियोगिता

२१ नोभेम्बर २०१० आईतवारको दिन हेभेन्लीपाथ हङकङले एक ऐतिहाँसिक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम प्रारम्भिक वाल विकास साहित्य कार्यक्रम अर्न्तर्गत वाल कविता प्रतियोगिता रहेको थियो । पाथले आयोजना गरेको कार्यक्रममा १३ बालबालिकाले कविता पाठ गर्न भाग लिएका थिए ।

प्रतियोगितामा नौ बर्षीय शक्ति निङवा मादेन प्रथम भएका थिए भने १२ बर्षिय सन्जिला गुरुङ्ग र अंग्रेजी कविता एयर पोलुशन लेख्ने ११ बषीर्य बाल कवि आयुस श्रेष्ठ क्रमसः व्दितीय तृतिय भएका थिए भने प्रेमिसा लिम्बुले शान्त्वना पाएकीछिन । पाथको यस कार्यक्रमलाई हङकङको पहिलो बाल कविता प्रतियोगिता मान्न सकिन्छ भने यस्को निर्णयक मण्डलीमा र्राई चन्द्र दुमी, कवि कमल पौड्याल, र साहित्यकार लेखक अशोक र्राई तिन जना रहेका थिए ।

कविता प्रतियोगितामा हङकङमा नृत्यकलाको अदभुत प्रदर्शन गरेर चर्चामा आएकी बाल नृत्यकार निशाम चेम्जोङले सुन्दर नृत्य प्रश्तुत गरेर छुट्टै रमाईलो पस्केको थिए । औपचारिक कार्यक्रमलाई हेभेन्लीपाथ हङकङ महासचिव मोति चाम्लिङले सञ्चालन गरेका थिए भने जेष्ठ एन्जल भिम बहादुर सभापति रहेका थिए । प्रमुख आतिथ्यमा नेपाली महासंघ हङकङ अध्यक्ष प्रदिप थापा रहेका थिए भने अन्य विभिन्न ब्याक्तित्वहरू अतिथि रहेका थिए।

प्रमुख अतिथिले मात्रै मन्तब्य दिन पाएको उक्त कार्यक्रमको प्रमुख कार्यक्रम वाल कविता प्रतियोगिताको बिजेताहरुलाई अगामि डिसेम्वरको एक बृहत कार्यक्रममा पुरस्कृत गरिने उदघोषक मोति चाम्लिङ्गले बताए ।

No comments:

Post a Comment

कृपया कमेन्ट गर्ध सुद्ध भाषा मा कमेन्ट गर्नु होला भानैबाद

Related Posts Plugin for WordPress, Blogger...