अलजजिरा फेस्टिभलमा पाँच नेपाली


janajati_home_400मध्यपूर्वको चर्चित टेलिभिजन च्यानल अलजजिराले कतारमा आयोजना गर्ने अन्तराष्ट्रिय चलचित्र महोत्सवमा पाँच नेपाली जनजाति चलचित्र प्रदर्शन हुने भएका छन् । कतार सेन्सर बोर्डका पदाधिकारीहरुको अनुरोधमा छिरिङ रितार शेर्पाको ‘ब्युल’, पृनाराज जोशीको ‘त्युत्सी ग्वेमरु’, लुनिभा तुलाधरको ‘बुयगु मान्तुना’, संजोग लाफा मगरको ‘जीवित तर मृत’ र सुकुमाया मोक्तानको ‘पोङ’ प्रदर्शन हुनेछन् ।

यसैबीच काठमाडौंस्थित आदिवासी फिल्म अर्काइभ (आइफा)को सहकार्यमा कतारमा पहिलोपटक 'नेपाल आदिवासी चलचित्र महोत्सव' हुने भएको छ । नेपाली आदिवासी सिनेमालाई अन्तराष्ट्रिय स्तरसम्म पुर्‍याउने र नयाँ पुस्तामाझ प्रवद्र्धन गर्ने उद्देश्यले कतारस्थित जनजाति संस्थाहरुसँग मिलेर नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले महोत्सव गर्ने भएको हो ।

साउन १३ देखि सुरु हुने महोत्सवमा ‘नुमाफुङ’ (लिम्बू), ‘आसे’ (मगर), ‘कृपा’ (गुरुङ), ‘ब्रुहान’ (थारू), ‘गोदेवा’ (तामाङ) र ‘सिस्मा’ (राई बान्तवा) लगायतका चलचित्र प्रदर्शन हुने संयोजक बिनेस तामाङले मेरोसिनेमालाई बताए । नेपाली आदिवासी परम्परागत ज्ञानलाई अन्य समुदायमा हस्तान्तरण गर्न र आदिवासी चलचित्रलाई अन्तराष्ट्रियकरण गर्न महोत्सवले सघाउने आयोजकको विश्वास छ । 'नेपालीहरु जहाँ पुगेपनि आफ्नो संस्कृति लिएर पुग्छन्' आइफाका तर्फबाट कतार जान लागेका संजोग लाफा मगरले भने 

No comments:

Post a Comment

कृपया कमेन्ट गर्ध सुद्ध भाषा मा कमेन्ट गर्नु होला भानैबाद

Related Posts Plugin for WordPress, Blogger...