'फस्टलभ'को डेढकरोड ग्रसपछि माधव वाग्ले र नरेन्द्र महर्जन एउटा राम्रो स्क्रीप्टको पर्खाइमा थिए । 'फस्टलभ' सिक्वेल बनाउने कि नयाँ कथामा हात हाल्ने दोधार पनि । यही क्रममा जन्मियो -'लुट' अर्थात बैंक लुट्ने पाँच बेरोजगार केटाहरुको कथा ।
विहिबार प्याकअप भएको सिनेमाले लुट्को एउटा असफल प्लानलाई चित्रित गरेको छ । निर्देशक निश्चल बस्नेतले कच्चा दृश्यहरुलाई सम्पादनका लागि क्यामेरामा कैद गरिसकेका छन् । उपत्यकाका तीन थलोमा खिचिएको फिचर सिनेमा 'लुट'ले विगतमा उपत्यकाका बैंकहरुमा भएका एकाध घटनाहरुलाई आधार मानेको छ ।
सौगात मल्ल, कर्म शाक्य, दयाहाङ राई, ऋचा शर्मा, सुष्मा कार्की, सुशिल पाण्डे स्टारर लाइट थ्रीलर श्रेणीको सिनेमालाई पुरुषोत्तम प्रधानले खिचेका छन् । हलिउड र बलिउडमा लुट् र फसाइमा बनेका सिनेमाहरु थुप्रै छन् यद्यपी लुट नेपाली चरित्रमा निर्मित छ । यो चलचित्र एउटा मिसनको वरिपरि घुमेको छ ।
सुटिङका क्रममा हिलोको दृश्य खिच्दा हिलो र पानीले रुझेर चलचित्रका सबै कलाकार बिरामी परेका थिए । कर्म त रुघा, खोकी र ज्वरोले डेढसाता थलिएका थिए । कर्मलाई निको नहुन्जेल अर्को दृश्य खिच्नका लागि दुई दिन कुर्नुपर्यो यद्यपी कर्मले तङ्ग्रीएरै भएपनि अभिनय गरे । योगेन्द्र श्रेष्ठले द्वन्द्वका कौशल सिकाएका छन् । सुटिङ सुरु भएको २५ दिनमै प्याकअप भएको सिनेमाको सम्पादन आइतबारदेखि राजधानीमा हुँदैछ ।
No comments:
Post a Comment
कृपया कमेन्ट गर्ध सुद्ध भाषा मा कमेन्ट गर्नु होला भानैबाद