राजेश हमाल मधेसी भेषमा


फिल्म चलाएर 'हात लाग्यो शुन्य' भइरहेको बेलामा निर्देशक विजयविक्रम बस्नेत कमाउने दाउमा छन्। उनी आफ्नो फिल्म 'हात लाग्यो शुन्य' रिलिज गर्न नारायणगढ पुगेका छन्। फिल्म रिलिज हुने धरान, दमक, बुटवल, पोखरा र नेपालगन्जका हलमा समेत पुग्ने योजना छ उनको।

अभिनेता राजेश हमाल मधेसी बनेको फिल्म कमेडी रहेको छ। 'राजेश दाइले रोल सुन्ने बित्तिकै रेस्पोन्स दिएर खेलेको फिल्म हो यो। उहाँ पनि यसबाट निकै आशावादी हुनुहुन्छ,' बस्नेतले भने।
यसमा कल्पना शाही, किरण केसी, सुशील पोखरेल, शिव आचार्य आदिले अभिनय गरेका छन्। फिल्मको कथा र कोरियोग्राफी निर्देशक बस्नेतले नै गरेका हुन्। विश्व नेपालको प्रस्तुति रहेको फिल्ममा लोकचन्द्र थापाको छायांकन र मित्रदेव गुरुङको सम्पादन छ।

कस्तो सन्देश!
फिल्मले सन्देश दिने कुरा दर्शकले पत्याउन छाडिसके। मनोरञ्जन मात्र पनि गराउन फिल्म असफल भइरहेको बेला 'सन्देश' फिल्म रिलिज हुँदैछ। यसका निर्देशक प्रमोद भण्डारीले भने फिल्मले सन्देश फैलाउने दावी गर्न छाडेका छैनन्। हालै उनको फिल्म 'सपथ' हेरेर नेपालगन्जका बालकले तीन तला माथिबाट हाम फालेर खुट्टा भाँच्ने 'सन्देश' पाएका थिए।
'यो फिल्ममा राजनीति, प्रेम र प्रहरी प्रशासनको विषयमा गतिलो सन्देश दिएको छु,' तीन वर्षअघि राजधानी बाहिर रिलिज भइसकेको फिल्मबारे निर्देशकले भने। राजधानीका १४ हलमा फिल्म लाग्नेछ।
यसमा बिराज भट्ट, रेखा थापा, मुरलीधर, शोभिता सिम्खडा लगायतले अभिनय गरेका छन्। 'क्यु सिस्टम'बाट आउँदा फिल्मले पालो ढिलो पाए पनि राम्रो हलमा चल्ने भएकोले निर्देशक खुशी छन्।
कमेडी माया हो
सिरियस लभस्टोरीमा रुचाइएका हिरो आर्यन सिग्देल र मूलधारका फिल्ममा खासै नदेखिएका सौगात मल्ललाई कमेडी भूमिकामा ल्याइएको छ, फिल्म 'के यो माया हो मा'। अभिनेता नीर शाह र किरण केसी पर्दामा देखिँदा कमेडीको पारो अझै बढ्छ। 'मेरो एउटा साथी छ'मा दर्शकलाई रुवाउन सफल भएका निर्देशक सुदर्शन थापाले यसमा हँसाएर सफल हुने आशा गरेका छन्।
देशभर एकसाथ रिलिज हुने फिल्ममा अरुणिमा लम्साल, सुष्मा कार्की, तृप्ती नाडकर, केशव भट्टराई, कमल मैनाली पनि देखिन्छन्।

No comments:

Post a Comment

कृपया कमेन्ट गर्ध सुद्ध भाषा मा कमेन्ट गर्नु होला भानैबाद

Related Posts Plugin for WordPress, Blogger...