श्रीलङ्कालाई ६ गोलले हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं, साउन २१ (नागरिक)- काठमाडौंको दशरथ रङ्गशालामा प्रथम साफ यु-१६ च्याम्पियनसिपअन्तर्गत शनिबार भएको फुट्बल खेलमा नेपालले श्रीलङ्कालाई ६-० ले पराजित गरेको छ। यो जितसँगै नेपाल सेमिफाइनल प्रवेश गरेको छ।


खेलको पहिलो हाफमा नेपालले एक गोलमात्र गरे पनि दोस्रो हाफमा भने लगातार पाँच गोल गर्न सफल भएको थियो। यसअघि नेपालले बंगलादेशसँग बराबरी खेल खेलेको थियो।

सेमिफाइनल प्रवेशका लागि भने नेपालले श्रीलंकालाई बराबरीमै रोके पनि पर्याप्त हुने थियो। सेमिफाइनलमा नेपालको सामना भारतसँग हुनेछ।

No comments:

Post a Comment

कृपया कमेन्ट गर्ध सुद्ध भाषा मा कमेन्ट गर्नु होला भानैबाद

Related Posts Plugin for WordPress, Blogger...