१ मुक्तक
मलाई सबैले बिर्से जस्तो लाग्छ
मलाई सबैले बिर्से जस्तो लाग्छ
किन खै माया किर्ते जस्तो लाग्छ
शब्द का मह नै चाटेर खानेले
दाउको खुकुरी भिर्थे जस्तो लाग्छ
2
बाध्यता ले बाचेको छु टाढा भएर
तिम्रो याद आउन थाल्यो गाडा भएर
दुनिया यो हेर कति स्वार्थी छ
फूललाई घोच्छ काडा भएर
३
बिष् थियो
हिजोसम्म तिम्रो माया मैले जोख्दा तीस थियो
आज किन घट्यो कुन्नि मात्र उनान्तिस थियो
पहिले पहिले तिम्रो माया मलाई एक चिज थियो
अमृत सम्झी पीए मैले लाग्यो मलाई बिष् थियो !
पल्क्यो नभन
ऐना हेरी घामलाई टल्क्यो नभन
कपाल फ़ुल्यो मेरो जोबन ढल्क्यो नभन
सारो गारो पर्दा चाहिने छिमेकी नै हो
तिम्रो घरमा आउदा जादा पल्क्यो नभन
No comments:
Post a Comment
कृपया कमेन्ट गर्ध सुद्ध भाषा मा कमेन्ट गर्नु होला भानैबाद