"तीजको बेलीमा"
तीजको वेलीमा चेली माईत आएर
रमाईलो गर्छन् दर खएर
गहना गुरिया झरिझुट्ट भएर
राताम्य सारीमा तीजमा नाचेर
शीवजीको भक्त भै व्रत बसेका
वरदान मांग्नलाई कम्मर कसेका
बर्षदिनभरीको खेतीपाती सकेको
थकाई मार्नलाई तीज आएको
चारैजना दिदीबहिनी माईत आएका
पंचमीको भोलीपल्ट घर गएका
तीजको वेलीमा माईतीको संझना
सक्दैनन् चेलीले माईती बिर्सन
लठ्ठै पार्यो मायालु मोहनी बोलीले
के साह्रो सुहाको रातो चोलीले
पंचबर्षीय योजना संविधान बन्नलाई
लाजै लाग्छ मलाई यसो भन्नलाई
No comments:
Post a Comment
कृपया कमेन्ट गर्ध सुद्ध भाषा मा कमेन्ट गर्नु होला भानैबाद