कविता - "तीजमा दिदी बहिनी सम्झेर" - डम्बर पौडेल, कतार

तीजमा दिदी बहिनी सम्झेर


हासी खुशी रमाइलोमा, नाचि दिनु बहिनी
आमा भाउजु बहिनी सगै, रमाई दिनु दिदी
ढिडो रोटो जे भए नि, मिठो मानि खानु
साथी संगी, दाजु भाई, सबै सम्झि जानु |

गरीबीले अत्याउदा, आएको हु विदेश
साहुबाट छुटाउछु की, भनि मेरो घर खेत
चर्को घाम, बालुवा गिट्टी, पसिनाको धारो
तलब पनि पाईदैन, बढ्ने सधै पारो |

चाड पर्ब आउदा मलाई, दु:ख धरै लाग्ने
पैसा पठाऊ, तलब माग्दा, मालिक अन्तै भाग्ने
कसो गरि मुक्त हुने, साहुको बोझबाट ?
आशु झारी सम्झिरहेछु , दिदी आज म त |

दु:ख, कस्ट यस्तै नै हो, सम्हाल्नु घर राम्रो
धनी, गरीब खाल्डो खनी, नबाध्नु है काम्रो
माइती मेरा दरिद्र भए, नबनाउनु नि गीत
मुटु भित्र दिदी बहिनी, अगाध छ प्रित |
--------डम्बर पौडेल, चानुवा, धनकुटा
हाल :- कतार

No comments:

Post a Comment

कृपया कमेन्ट गर्ध सुद्ध भाषा मा कमेन्ट गर्नु होला भानैबाद

Related Posts Plugin for WordPress, Blogger...