"तिजको निम्तो"

तिजको निम्तो दिनलाई आए
चेलीलाई माइत लिनलाई आए ।

बुइ बोकी न्याम खुवाउने दिदी !

त्यो दिनको रीन फिराउन आए ।

तिजको निम्तो नआउँदा खेरी ,

फाटेको त्यो मन सिलाउन आए ।

खानु र लाउनु के ठुलो हो र,

माइतीको ममता खिलाउन आए ।

रोकी देउ अब ती प्याला आँशु,

त्यै आँखा भित्र बिलाउन आए ।

तिजको निम्तो, दिनलाई आए

चेलीलाई माइत, लिनलाई आए ।

- बुद्धी मोक्तान, ताप्लेजुङ, दक्षिण कोरिया.

No comments:

Post a Comment

कृपया कमेन्ट गर्ध सुद्ध भाषा मा कमेन्ट गर्नु होला भानैबाद

Related Posts Plugin for WordPress, Blogger...